Latest Updates :

बाटोको लागि खनिएको खाल्डोमा परि एकै घरका चार छोरीहरुको ज्यान गएपछी परिवारको यस्तो बिजोग(भिडियो सहित)

SHARE THIS POST :

ओएसनेपाल,पोखरा- नौ वर्षकी छोरी सडकको छेउमा बनाइएको खाल्डोमा डुबेर मृत्यु भएपछि मञ्जुदेवी साह बेहोस छिन् । बेलाबेला होसमा आउँछिन् र, ‘मेरी छोरी कतिखेर घर आउँछे’ भन्दै आँगनभरी जम्मा भएकाहरुलाई सोध्छिन् । परिवारका सदस्यहरु पनि उनलाई सम्झाउन सक्ने अवस्था छैनन् । सकुन् पनि कसरी ? १० देखि ९ वर्षका बालिकाहरुको सडक बनाउने क्रममा खनेको खाल्डोमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको छ ।
यो घटनाले सिंगो गरुडा शोकमा डुबेको छ । मृतक मध्ये संगिता र सुनिता साहका बुबा रामएकवाल साह पनि अर्धचेत अवस्थामा छन्
सडक निर्माणका बेला स्थानीयले खेतको माटो झिक्नुको सट्टा बाहिरबाट ल्याउन आग्रह गरेका थिए । तर, ठेकेदारले सुनेन । खेतकै माटो झिकेर बाटो बनाएको ठेकेदारले खाल्डो पुर्न ध्यान दिएन । नत, खाल्डो वरिपरि छेकबार नै लगायो । लगातार तीन दिन पानी परेपछि सडक छेउ झण्डै ९ फिटको खाल्डो बन्यो ।
त्यही खाल्डोमा जम्मा भएको पानीमा डुबेर शनिबार साह परिवारका तीन दाजुभाइका चार छोरीको इहलिला समाप्त भयो । मृतक बालिका मध्ये संगिता १२ वर्षकी हुन् भने सुनिता, सुनैना र सुस्मिता ९ वर्षका थिए हेर्नुहोस यस्तो छ परिवारको अवस्था भिडियो सहित

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger