Latest Updates :

आज चन्द्रग्रहण लाग्दै, कुन राशिका लागि शुभ,अशुभ ? जान्नुहोस

SHARE THIS POST :

श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सोमबार राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो ।
चन्द्रग्रहणबाट सबै राशिहरू प्रभावित हुन्छन्त । यसबाट केही राशिलाई फाइदा हुन्छ भने केहीलाई बेफाइदा अर्थात् हानी हुने गर्दछ । यो खण्डग्रास चन्द्रग्रहण श्रवण नक्षत्र र मकर राशि भएका मानिसका लागि कष्टप्रद छ । त्यसैले यो राशि र नक्षत्र भएका मानिसले जप, दान गर्नु राम्रो मानिन्छ ।
तल दिईएको १२ राशीफल मध्ये कुन राशिका लागि शुभ र कुनका लागि अशुभ ?
मेष : मेष राशी हुने मानिसलाई भोलि सुख र शुभ प्राप्त हुनेछ।
वृष : यो राशी भएकाहरुको मानसम्मानमा कमी हुने देखिन्छ।
मिथुन : मिथुन राशी भएका व्यक्तिलाई शारीरिक रुपमा कष्ट हुनेछ।
कर्कट : भोलि कर्कट राशी भएकाहरुको दाम्पत्य जीवन कष्टपूर्ण हुनेछ।
सिंह : यो राशी भएका मानिसको कार्यसिद्धि हुनेछ।
कन्या : भोलि कन्या राशी भएकाहरुमा चिन्ता तथा तनाव उत्पन्न हुनेछ।
तुला : तुल राशी भएकाहरुलाई रोग तथा भय हुनेछ।
वृश्चिक : वृश्चिक भएकाहरुलाई भोलि धनलाभ हुनेछ।
धनु : धनु राशी भएका व्यक्तिको धन हानि हुनेछ।
मकर : मकर राशीलाई भोलिको दिन कष्टप्रद रहेको छ। साथै चोट र भय हुनेछ ।
कुम्भ : कुम्भ राशी भएकोहरुको पनि धनहानि हुनेछ।
मीन : मिन राशी भएकाहरुलाई भने भोलि राम्रो रहेको छ। यो राशि भएकालाई धन र लाभ वृद्धि हुनेछ।
यी कुराहरुबाट छुटकारा पाउन यस्तो मन्त्र जप्दा धन प्राप्ती हुनेछ :
शत्रुसँग छुटकारा पाउन – ॐ ह्लीं बगलामुखी देव्यै सर्व दुष्टानाम वाचं मुखं पदम् स्तम्भय जिह्वाम कीलय-कीलय बुद्धिम विनाशाय ह्लीं ॐ नम:।
वाक् सिद्धिका लागि – ॐ ह्लीं दूं दूर्गाय: नम:
लक्ष्मी (धन) प्राप्तीका लागि – ॐ श्रीं ह्लीं क्लीं ऐं ॐ स्वाहा:।
नोकरी एवं व्यापारमा बृद्धिका लागि – ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद-प्रसीद श्रीं ह्रीं श्रीं महालक्ष्म्यै नम:।
मुद्दा जित्नका लागि – ॐ ह्लीं बगलामुखी सर्वदुष्टानां वाचं मुखं पदं स्तंभय जिह्ववां कीलय बुद्धि विनाशय ह्लीं ओम् स्वाहा।। यो मन्त्रमा उल्लेख गरिएको ‘सर्वदुष्टानां’ शब्दको ठाउँमा जसबाट छुटकरा पाउनुपर्ने हो उसको नाम उच्चारण गर्नुहोस् ।
माथि सबै मन्त्र ग्रहण लाग्न सुरु भएपछि मन्त्र जप्न सुरु गर्नुपर्दछ र ग्रहण सकिएसँगै मन्त्र जप्न पनि छाड्नुपर्दछ । यस मन्त्रबाट मुक्ति पाउनको लागि तपाईमा पूर्ण श्रद्धा तथा विश्वास हुनुपर्छ । कसैको नराम्रो सोच्न हुदैन किनकि मन्त्र सिद्धि प्राप्त गर्न सकिदैन। मन्त्र जप्ने समयमा अगरबत्ती बाल्नुपर्छ। ग्रहण लागिरहेको समयमा माथि दिईएको मन्त्रहरुको मन-मनै जप गर्नुपर्छ
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger