भुवनेश्वरको उत्कल विश्वविद्यालयका विद्यार्थीहरुले १४०० बर्ष पुरानो बुद्धको मुर्ति फेला पारेका छन् जसको ८० % भाग जमिन मुनि गाडिएको थियो। यो मुर्ति उडिसाको खुर्दा जिल्लामा बानापुरको नजिक गोविन्दपुरमा भेटिएको हो। विश्वविद्यालयका विद्यार्थीहरूले अधिक छानबीनको लागी ‘भारतीय पुरातन विभाग’ र राज्य संग्रहालयलाई बोलाए।
यो मुर्तिको बारेमा अझ जान्नको लागी एउटा टिमको गठन गरियो। ३ फिट खनेपछि त्यहाँ सातवटा टाउको भएको सर्प भेटियो, पछि पुरै मुर्तिलाई जमिन मुनिबाट बाहिर निकालियो।
२० बर्ष अघि पनि यो मुर्तिलाई एक किसानले खेति गर्दा खोजेका थिए। हलो चलाउदा हलोको तलको भाग सर्पको टाउकोमा ठोकिएको थियो। उसले एउटा ढुंगा सोचेर नदेखे झैँ गरिदियो। यो मुर्तिको बारेमा सबैभन्दा पहिला विश्वविद्यालयको पुरातन भारतीय इतिहास र पुरातत्व विभागको छात्र ‘दक्षिणेश्वर जेना’ थाहा पाएका थिए।
Loading...
