Latest Updates :

नयाँ दिल्लीमा एक गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु

SHARE THIS POST :

पहिचान नखुलेको एक गाडीले नयाँ दिल्लीको अलिपुरमा एउटा मोटरसाइकललाई ठक्कर दिँदा दुई नेपालीको मृत्यु भएको अनि अर्को एकजना घाइते भएको प्रहरीले बताएको छ । सुरज केशरी, राहुल र लक्षु जीविकाका लागि मम बेच्ने गर्थे । उनीहरू सिंघु सीमा क्षेत्रबाट मोटरसाइकलमा फर्किँदै गर्दा एउटा गाडीले नेसनल हाईवे १ मा हानेको थियो ।
बाटो हिँड्दै गरेका एकजनाले यी तीनैलाई घाइते अवस्थामा सडकमा लडिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए ।केशरी र राहुल चिराग दिल्लीमा भाडाको कोठामा बस्थे र उनीहरूलाई अस्पताल पु–याउँदा मृत घोषणा गरिएको थियो । लक्षु चाहिँ जहाँगिरपुरीमा बस्छन् र एलएनजेपी अस्पतालमा उनको उपचार चलिरहेको छ । मेडिकल रिपोर्टअनुसार तीनजना रक्सीको नशामा थिए, प्रहरीले बतायो ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger