Latest Updates :

हङकङ र मकाउमा डरलाग्दो ताइफुन, लाखौ मानिस घन्टौ देखि घर भित्रै, अहिले सम्म ३ को मृत्यु, दर्जनौ घाइते, ४५० बढी फ्लाइट क्यान्सिल (फोटो/भिडियो हेर्नुहोस)

SHARE THIS POST :

हङकङ,७ भदौ । हङकङ र मकाउमा ४ वर्ष यता कै ठुलो डरलाग्दो ताइफुन आएको छ ।
१० नम्बर बर्गिकरण गरिएको उक्त ज्यानमारा टाइफुनले लाखौ मानिसलाई घन्टौ देखि घर भित्रै थुनेको छ । सबै अफिस, पसल, होटेलहरु बन्द छन । हङकङमा अहिले सम्म कुनै मानवीय क्षेतीको समाचार नआए पनि मकाउमा भने अहिले सम्म ३ को मृत्यु भैसेको छ । अत्यन्तै तिब्र गतिको हावाहरुकोको कारण सैयौ मानिसहरु घाइते भएका छन ।
समुन्द्रको बीचमा रहेको हङकङ एयरपोर्टमा ४५० भन्दा बढी फ्लाइटहरु क्यान्सिल भईसकेका छन । तिब्र हावाको कारण समुन्द्रको पानिको छाल २० फिट भन्दा माथि सम्म आइ समुन्द्री किनाराको घर र सडक जलमग्न भएको छ ।
ताइफुन आए पछि सडकमा प्राइभेट र सार्बजनिक साधनहरु कुनै चलेका छैनन् । रमणीय झिलिमिली शहर अहिले अन्धकारमय बनेको छ । स्थानीय प्रशासनले सबै घर भित्रै बस्न र अत्यन्त सतर्कता अपनाउन आह्वान गरेका छन ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger