Latest Updates :

अहिलेको संविधान खारेज भयो भने २०४७ को संंविधान आउने खतरा रहन्छ : प्रधानमन्त्री दाहाल

SHARE THIS POST :
 काठमाडौं भुईंको टिप्न खोज्दा पोल्टाको खस्नु हुँदैन अहिलेको संविधान मान्दैनौं भन्दा मुलूक उल्टो दिशातिर जानसक्ने खतरा औल्याउदै उहाँले भन्नुभयो, तपाईहरु सोच्नुहोस भुईंको टिप्न खोज्दा पोल्टाको खस्नु हुँदैन । अहिलेको संविधान खारेज भयो भने २०४७ को संंविधान आउने खतरा रहन्छ । फाल्गुन १९, २०७३ आदिवासी जनजाति महासंघले स्थानीय तहको निर्वाचनअघि राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भेट गरी महासंघका प्रतिनिधिले राजनीतिक सहमतिबिना निर्वाचन सफल नहुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन । भेटमा प्रधानमन्त्री दाहालले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित हुने अवस्था नरहेको बताउनुभयो ।  अहिलेको संविधान मान्दैनौं भन्दा मुलूक उल्टो दिशातिर जानसक्ने खतरा औल्याउदै उहाँले भन्नुभयो, तपाईहरु सोच्नुहोस भुईंको टिप्न खोज्दा पोल्टाको खस्नु हुँदैन । अहिलेको संविधान खारेज भयो भने २०४७ को संंविधान आउने खतरा रहन्छ ।  दाहालले सरकार आदिवासी जनजाति अधिकारको पक्षमा रहेको भन्दै स्थानीय तहको पुर्नसंरचनामा आदिबासीका थप अधिकार समावेश गरिने आश्वासन दिनुभयो ।   टोलीले आदिवासी जनजाति उत्थान प्रतिष्ठान यथावत राख्न, जनजाति मन्त्रालय गठन गर्न, स्थानीय तहमा स्वायत्त, संरक्षित र विशेष क्षेत्रको व्यवस्था गर्न, आदिबासी अधिकारसहित संविधान संशोधन गर्न माग गरेको थियो ।


Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger