अधिकांश परिवारका घर र होमस्टे सञ्चालनको जिम्मेवारी वृद्धवृद्धाको काँधमा
- प्रतीक्षा काफ्ले, स्याङ्जा
फाल्गुन १९, २०७३- बिहान चाँडै उठ्नु, पाहुनालाई चिया–खाजा खुवाउनु पञ्चमूल ४, दरौं सिरुवारीकी ६४ वर्षीया चन्द्रावती गुरुङको दैनिकी हो । खाजापछि खाना, अनि जानेलाई बिदाइ र आउनेलाई स्वागतको कामले भ्याइनभ्याइ हुन्छ उनलाई ।
सिरुवारी मुलुककै पहिलो होमस्टे मानिन्छ । होटल नभएका स्थानमा घरमा पाहुनालाई सहुलियत शुल्कमा बास र खाना दिने काम होमस्टेमा गरिन्छ । मुलुकका विभिन्न स्थानमा थरिथरिका होमस्टे सञ्चालनमा आए पनि सिरुवारीको चलन पुरानै छ । ग्रामीण परिवेशको बसाइँ, रैथाने खानेकुराका परिकार ।
चन्द्रावतीलाई परिवारका सदस्यहरूले पनि सघाउँछन् । ‘बिहान उठेदेखि बेलुका अबेरसम्म घरमै व्यस्त हुन्छु,’ उनले भनिन्, ‘घरकै अरू कामसमेत गर्न भ्याउँदिनँ । श्रीमान् र छोराछोरीले बाहिरी काम गर्छन् भने म पाहुनाका लागि स्वागत–बिदाइमा खटिन्छु ।’ उनी गाउँको पर्यटन समिति उपाध्यक्ष पनि हुन् ।
उनीसँगै ८७ वर्षीया मैनाकुमारी गुरुङ पनि उत्तिकै व्यस्त रहन्छिन् । उनी बुद्ध आमा समूहकी अध्यक्ष हुन् । ‘उमेरले डाँडा काट्न लागे पनि इच्छा शक्ति ठूलो हो,’ उनी भन्छिन्, ‘पाहुनालाई खानबस्न दिइन्छ, बिदा गरिन्छ । व्यस्त हुन कामको कमी छैन ।’ दिवंगत रुद्रमान गुरुङको पहलमा २०५४ देखि सञ्चालन थालिएको सिरुवारीको होमस्टे मुलुकै चर्चितमा पर्छ । चिटिक्क मिलेका र झुरुप्प बस्ती । ढुंगा बिच्छयाएर बनाइएका सफा र फराकिला बाटाघाटा, न्यानो अतिथि सत्कार, संस्कृति र वेशभूषा सिरुवारीको चिनारी हो । यहाँका अधिकांश परिवारका तन्नेरी पुस्ता यतिबेला वैदेशिक रोजगारीकै लागि देशबाहिर छन् ।
अधिकांश परिवारका घर र होमस्टे सञ्चालनको जिम्मेवारी वृद्धवृद्धाको काँधमा छ । ५८ वर्षीया प्रेमकुमारी गुरुङ र ४० वर्षीया पार्वती गुरुङको दैनिकी पनि होमस्टे व्यवस्थापनमै बित्छ । ‘पाहुना कसरी खुसी होलान्, गाउँलेको स्वागतमा कमी हुने पो हो कि,’ प्रेमकुमारीले भनिन्, ‘हामी सबैले सोच्ने यही छ । पाहुना आउँछन्, खुवायो बास दियो, बिदा गर्यो । यही चलिआएको छ ।’
गुरुङ बाहुल्य बस्तीमा ३९ घरधुरी छन् । १७ घरमा होमस्टे दर्ता गरी सञ्चालन गरिएको छ भने अन्य ५/७ घरमा बिनादर्तै चलेको स्थानीय बताउँछन् । २०२५ मा भारतीय सेनामा कार्यरत रहँदा रुद्रमानले आफ्ना गाउँमा पर्यटन विकासको सम्भावना देखेका थिए । २०४८ देखि उनी गाउँको विकास पूर्वाधारका लागि समर्पित भए । २०५४ असोजमा सिरुवारी मुलुककै पहिलो पर्यटन गाउँ घोषणा भयो । सरकारले २०६५ मा नीति र २०६७ मा होमस्टे कार्यविधि ल्याएपछि विधिवत् सञ्चालन सहज भएको हो । उनै रुद्रमानको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारेर गाउँ पर्यटन प्रवद्र्धन मञ्च कास्कीले गत आइतबार होमस्टे सञ्चालनका ३ अगुवालाई सम्मानित पनि गर्यो ।
सम्मानित हुनेमा सिरुवारी पर्यटन विकास समिति संयोजक जुमबहादुर गुरुङ, लमजुङको घलेगाउँका पर्यटन विकास समिति अध्यक्ष प्रेमबहादुर घले र पर्वतको चित्रेकी होमस्टे विकास समिति अध्यक्ष सुशीलादेवी गुरुङ छन् । अन्य जिल्लामा विस्तारित र सुरु हुन थालेका होमस्टेका लागि सिरुवारी उदाहरणीय रहेकाले आफूहरूको जिम्मेवारी धेरै रहेको जुमबहादुर बताउँछन् । डेढ दशकदेखि गाउँको होमस्टे व्यवस्थापनमा सक्रिय उनले भने ‘फौजीबाट सेवानिवृत्त भएर आएपछि मेरो पूरा समय होमस्टेकै लागि बितेको छ ।
अहिले नयाँभन्दा सबैजसो घर चलाउने बुढा पुस्ता छन् ।’ गाउँको सरसफाइ, होमस्टे व्यवस्थापन, पाहुनाको खाना–खाजा र बासका कुरामा आफूहरूको सल्लाह हुने गरेको उनले बताए । होमस्टेको व्यवस्थापन स्तरीय हुन सकेकै कारण पर्यटकको चाप बढेको उनले बताए ।

WATCH MORE VIDEOS
Loading...