Latest Updates :

मंगलबार एकै क्षणमा खरानी हुन सक्थ्यो अन्तर्राष्ट्रिय विमानस्थल, तर… एउटा जहाजबाट सयौं लिटर तेल चुहिएपछि

SHARE THIS POST :


मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ । एउटा जहाजबाट सयौं लिटर तेल चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत गतिमा काम गर्न सकेका कारण दुर्घटना टरेको हो । नेपाल वायुसेवा निगमको गत सोमबारदेखि थन्किएको एउटा ठूलो जहाज मंगलबार मर्मत गर्ने क्रममा साँझ पौने सात बजे पाँच टन (पाँच हजार लिटर) तेल चुहिन पुगेको थियो ।
‘११ नम्बरको पार्किङ वेमा रहेको निगमको एअरबस ३२० जहाजको दायाँ पखेटाबाट तेल चुहिएपछि दमकल, पानी ट्यांकर, सुरक्षाकर्मी एम्बुलेन्स एकैचोटि परिचालन गरेर दुर्घटना टार्यौं’, विमानस्थल सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘चुहिएको तेलमा मसिनो आगोको झिल्कामात्र परेको भए जहाजदेखि वरिवरिका सम्पूर्ण पूर्वाधार पड्केर ध्वस्त हुन्थ्यो, धन्न हामीले सुझबुझका साथ काम गरेर सबै जोगाउन सक्यौं ।’
युरोपेली जहाज निर्माता कम्पनी एअरबसमा निर्मित एक सय ५८ सिट रहेको निगमको ‘ए ३२०–२०’ सिरिजको उक्त जहाज मंगललबार राति साढे ११ बजे युनाइटेड अरब इमिरेट्स जाने तालिका थियो । ‘९ एन– एके डब्लु’ कलसाइन भएको यो जहाजलाई उडान तालिकामा राखिए पनि दुई दिनदेखि ‘ग्राउण्डेड’ थियो ।
‘दायाँ पखेटामा रहेको इन्धन टयांकको फ्युल पम्प बिग्रिएकाले मर्मत गर्दै थियौं, तर टयांकको बिर्को खोल्न खोज्दा भित्रको हाउजिङसहित सबै निस्कियो’, सम्बद्ध एक अधिकारीले भने, ‘त्यसपछि भित्रको प्रेसरले तेल बाहिर निस्किन थाल्यो, रोक्नै सकिएन ।’ प्रवक्ता ठाकुरका अनुसार जहाजबाट तेल चुहिएको थाहा पाउनासाथ तत्काल विमानस्थलको फोमसहितको दमकल, पानी ट्यांकर सुरक्षकर्मीलगायत जहाज वरिपरि परिचालन गरियो । तेल बिस्तारै नजिकैको कुलोमा बगाउन थालियो र दुर्घटना टारियो । नागरिक दैनिकबाट


Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger