Latest Updates :

पशुपति र स्वयम्भूका ९७% बाँदरमा क्यान्सर र एड्स

SHARE THIS POST :
बाँदरको टोकाइबाट मानिसमा सर्ने खतरा


पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ। केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो। यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ। -३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो। विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो। जसअनुसार १७ भाले र २२ पोथी बाँदर थिए। अनुसन्धानकर्तालाई उद्धृत गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार नेपाल बाँदरको टोकाइबाट लाग्ने क्यान्सर र एचआइभी-एड्सको उच्च जोखिममा छ। -‘नेपालको पशुपति र स्वयम्भूका बाँदर मान्छेदेखि डराउँदैनन्। उल्टै मानिसलाई आक्रमण गर्न आउँछन्। यस्तो अवस्थामा मानिसलाई चिथोर्यो‍ वा उसको शरीरमा भएको रगत मानिसमा सर्यो‍ भने कुनै न कुनै समयमा त्यस्तो मानिसमा क्यान्सर, एचआइभी-एड्सलगायतका अन्य रोग सर्न सक्छ,’ अनुसन्धानकर्ताको भनाइ उद्धृत गर्दै डा. पुनले भने। नयाँ भाइरसको जोखिम कुनै पनि पशुले टोकेमा वा बाँदरले चिथोरेमा टिटानसको सुई लगाउने गरिन्छ। रेबिजको सुई लगाउने पनि गरेको पाइन्छ। तर, अनुसन्धानका क्रममा नेपालका बाँदरमा योभन्दा पनि भिन्न प्रकारको उच्च जोखिम भएको भाइरस फेला परेको डा. पुनले बताए। हेर्पेस बी भाइरस : यो भाइरसले इन्सेफ्लाइटिसको जोखिम अत्यधिक हुन्छ। यसको मृत्युदर मानिसमा ६० प्रतिशतसम्म भएको देखिएको छ। सिमिनियम ४० भाइरस : बाँदरको पिसाबमा अत्यधिक पाइने भाइरस हो यो। ३९ मध्ये ३५ बाँदरमा सिमिनियम ४० भाइरस पाइएको थियो। यही भाइरसले क्यान्सर लाग्न महत्वपूर्ण भूमिका खेल्ने गरेको पाइएको छ। सिमिनियम फोमिग भाइरस : यो भाइरस बाँदरले टोक्दा लाग्ने र्या‍ल वा चिथोर्दा सर्ने गर्दछ। यो भाइरस क्यान्सर र एचआइभी-एड्ससँग सम्बन्धित रहेको र नेपाली बाँदरमा ९७ प्रतिशत देखिएको छ। चिकित्सकहरूका अनुसार यो गम्भीर समस्या हो। सिमिन इमुनोदिफिसिन्सी भाइरस : यो पनि बाँदरले टोक्दा वा बाँदरको रगतबाट सर्ने गर्दछ। मानिसमा देखिँदै आएको एड्स पनि यही भाइरसको परिस्कृत रूप मानिन्छ। रेबिज भाइरस : यो भाइरस पनि नेपाली बाँदरमा देखिएको छ। तर, हालसम्म मृत्यु भएको तथ्यांक छैन। त्यसैले रेबिजविरुद्धको खोप दिने गरिएको छैन। ‘हुँदै नहुने भन्ने होइन, एकैपटक धेरै मानिसलाई टोकेको अवस्थामा खोप दिनुपर्ने हुन्छ,’ डा. पुनले भने। सहरका बाँदरबाट बढी समस्या डा. पुनले गाउँका भन्दा सहरका बाँदरबाट बढी समस्या देखिएको बताए। अस्पतालमा उपचार गराउन आउनेमध्ये सबैजसो पशुपति र स्वम्यभूका बाँदरले टोकेका मानिस रहेको उनले बताए। यस्ता बाँदरले टोकेकोमा मानिसको स्वास्थ्यमा गम्भीर समस्या पर्ने उनको भनाइ छ। ‘मन्दिरका बाँदरहरू धेरै छुच्चा हुन्छन्। उनीहरूले जुनसुकै समयमा बाटोमा हिँडिरहेका मानिसलाई टोक्न सक्छन्। यस्ता बाँदरमा क्यान्सर र एचआइभी-एड्सको भाइरस रहेको पाइयो। त्यसैले बाँदरसँग जिस्कने र खानेकुरा दिनबाट टाढै बस्नुपर्छ,’ डा. पुनले नयाँ पत्रिकासँग भने। शुक्रराज अस्पतालमा दैनिक पाँचजना बिरामी बाँदरले टोकेका पाँचजना बिरामी दैनिक टेकु अस्पताल पुग्ने गरेका छन्। तीमध्ये अधिकांश स्वयम्भू र पशुपतिका बाँदरले टोकेका रहेको डा. पुनले बताए। ‘बाँदरको टोकाइबाट हुने यस्तो रोगबारे कसैलाई जानकारी थिएन। हामीले पनि बिरामी आउँदा रेबिजको मात्र सुई लगाउने गरेका छौँ। तर, यो अनुसन्धानले सबैलाई सोच्न बाध्य बनाएको छ,’ उनले भने। तत्काल असर नगरे पनि दीर्घकालीन रूपमा यसले असर गर्ने उनको भनाइ छ। बाँदर र मानिसमा उस्तै रोग : वन्यजन्तुविज्ञ वन्यजन्तुविज्ञ डा. मुकेशकुमार चालिसेले बाँदर र मानिसमा उस्तै रोग हुने गरेको बताए। ‘पशुपति र स्वम्यभूका बाँदर एकै प्रकारका हुन्। पशुपति र स्वयम्भूमा गरी नौ सयको संख्यामा बाँदर छन्। आहारको हिसाबले त्यो अत्यन्तै धेरै संख्या हो। यसको व्यवस्थापनमा सरकार लाग्नुपर्छ,’ उनले नयाँ पत्रिकासँग भने। ५० बाँदरको क्षमता भएको पशुपति र स्वयम्भूमा नौ सय बाँदर हुँदा आहारको अभावमा उनीहरूले मानिसलाई आक्रमण गर्ने गरेको र त्यसबाट मानिसमा रोग सर्ने जोखिम रहेको उनले बताए। ‘मानिसमा जस्तै बाँदरलाई पनि जुका पर्ने, शरीरका विभिन्न भागमा दाद देखिने, ज्वरो आउने, निमोनिया हुने, झाडापखाला लाग्ने, क्यान्सर हुने, एचआइभी-एड्सको संक्रमण हुने गर्दछ,’ डा. चालिसेले भने, ‘धनुष्टंकार बाँदरमा पनि हुन्छ, यसले बाँदरलाई कुनै असर गर्दैन, तर बाँदरबाट मानिसमा सर्न गएमा केही समयमै मानिसको मृत्यु हुन्छ।’ यसरी गरिएको थियो अनुसन्धान पशुपति र स्वयम्भूमा छुट्टाछुट्टै बसेका बाँदरलाई समातेर परीक्षण गरिएको थियो। खानेकुरा दिँदा आउने भएका कारण पनि मन्दिर आसपासका बाँदरमा अनुसन्धान गर्न सहज भएको थियो। बाँदरको पिसाब, रगत, र्या‍ल परीक्षण गरिएको डा. पुनले जानकारी दिए। सो परीक्षणपछि मात्र बाँदरको टोकाइबाट क्यान्सर र एचआइभी-एड्सको जोखिम हुने पत्ता लागेको हो। नेपालका बाँदरमा क्यान्सर र एचआइभी÷एड्सको भाइरस रहेकाले सचेत बन्न वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताले सचेत गराएको पुनले बताए।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger