Latest Updates :

पोखरामा फेरि बर्डफ्लुको संक्रमण भेटियो

SHARE THIS POST :
भीम घिमिरे, पोखरा पोखरा उपमहानगरपालिका वडा नं १८ खाल्टेमसिनाकी मीना परियारको घरमा पालेको हाँसमा बर्डफ्लुको संक्रमण भेटिएको एक साता नबित्दै सोहि स्थानका दीपेन्द्र केसीले पालेका कुखुरामा पनि बर्डफ्लुको जिवाणु भेटिएको हो ।
फाल्गुन २१, २०७३ पोखरामा एक साता नबित्दै बर्डफ्लुको संक्रमण भेटिएको छ । पोखरा उपमहानगरपालिका वडा नं १८ खाल्टेमसिनाकी मीना परियारको घरमा पालेको हाँसमा बर्डफ्लुको संक्रमण भेटिएको एक साता नबित्दै सोहि स्थानका दीपेन्द्र केसीले पालेका कुखुरामा पनि बर्डफ्लुको जिवाणु भेटिएको हो । एक साताभित्रै दुई स्थानमा बर्डºलुको संक्रमण भेटिएपछि पोखराको १ देखि १८ नम्बर वडाभित्र पंक्षी र पंक्षीजन्य पदार्थ ओसारपसारमा रोक लगाइएको छ । पशु सेवा कार्यालयले आज देखि १० दिन अर्थात आगामी फागुन ३० गतेसम्मका लागि ओसारपसारमा रोक लगाएको छ । जिल्ला एभियन ईन्फ्लुएन्जा प्राविधिक समितिको आज  बसेको बैठकले संक्रमित क्षेत्रको चार किल्ला निर्धारण गरेपछि कार्यालयले सो क्षेत्रमा पंक्षीजन्य वस्तु ओसारपसारमा रोक लगाएको विज्ञप्ती मार्फत जनाएको छ । सो अवधिभर स्थानीयलाई घरमा पालेका हाँस कुखरा बाहिर नछाड्न समेत आग्रह गरिएको जिल्ला पशु सेवाका सूचना अधिकारी ठगेन्द्रप्रसाद अर्यालले बताउनुभयो । संक्रमित क्षेत्रका हाँस कुखुरा आजै नष्ट गरिएको छ 
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger