Latest Updates :

माओबादी नेतालाई मोर्चाले दल्यो कालोमोसो, सचिवसहित अरु नेता भागाभाग

SHARE THIS POST :
माओबादी पार्टी : एकता र फुटको द्वन्दबाद – खगेन्द्र छन्त्याल

पार्टी आकाशबाट बर्सेको चिज नभई यहि समाज भित्रै जन्मेको कारण समाजमा देखिने राम्रा नराम्रा , ठिक बेठिक सकारात्मक नकारात्मक सबै गुणहरु त्यसमा बिधमान हुन्छन ! समाजमा आकस्मिक र नियमित घट्ने घटनाहरुको सहि र गलत दुवै किसिमको असर पार्टीमा तुरन्तै पर्दछ ! त्यसकारण पार्टी भित्र यो या त्यो ,सहि र गलत का बीच निरन्तर अन्तरसंघर्स चलिरहन्छ ! अन्तरसंघर्सको क्रममा नै कहिलेकाही पार्टीमा उच्चप्रकारको एकता कायम हुन्छ भने कहिलेकाही फुट र बिभाजन पनि हुन्छ ! एकता ,संघर्स र रुपान्तरणको सुत्रमा कहिले काही पार्टीमा चमत्कारिक एकता कायम हुन्छ भने एकता ,संघर्स र विभाजनको सुत्रमा कहिलेकाही पार्टीमा दर्दनाक फुट पनि हुन्छ ! यद्दपि एकता र फुटका बीच द्न्दात्मक सम्बन्ध हुन्छ ! एकता बिना फुट हुदैन र फुट बिना एकता रहदैन !
अन्तरसंघर्स पश्चात पार्टीमा हुने एकता र फुट पार्टी र क्रान्तिको निम्ति सधै ठिक नै ठिक र सधै बेठिक नै बेठिक हुदैन ! समय सापेक्ष ढंगले पार्टी र क्रान्तिको निम्ति कहिले फुट ठिक हुन्छ त कहिले एकता ! मृत्यु अप्रिय कुरा हो तर त्यो बाध्यता हो एकदिन सबैले त्यसलाई अंगाल्नु नै पर्छ ! त्यस्तै फुट नराम्रो कुरा हो , फुट्नु करान्तिकारीको रहर होईन तर बाध्यताबस क्रान्तिकारी हरुले कहिलेकाही फुटको बाटो पनि हिड्नु नै पने हुन्छ ! क्रान्तिकारीको निम्ति मुख्य कुरा भनेको क्रान्ति हो ,एकता र फुट सहाएक हो ! एउटा क्रान्तिकारीलाई हामीले सोध्यौ फुट की एकता ? उसले भन्छ एकता , उसैलाई हामीले फेरि सोध्यौ एकता की क्रान्ति ? निश्चित रुपमा उसले क्रान्ति भन्छ ! किनकि क्रान्तिकारीले सधै क्रान्तिलाई नै केन्द्रमा राखेर सोच्ने गर्दछ ! यदि एकताले क्रान्तिलाई अगाडी बढाउने सम्भावना देखिदैन र उल्टो एकताले क्रान्तिलाई बिसर्जन गर्ने सम्भावना छ ,उल्टो एकताले क्रान्तिको जरो उघिन्ने सम्भावना छ भने त्यति बेला क्रान्तिकारीको निम्ति फुट प्रिय चिज बन्दछ ! फुट्नुको विकल्प छैन फुटेर मात्र सिद्दान्तको रक्षा गर्न सकिन्छ , फुटेर मात्र क्रान्तिको कार्यभार पुरा गर्न सकिन्छ , फुटेर मात्र आन्दोलनका उपलव्धीहरुको उचित रक्षा गर्नसकिन्छ भन्ने ठहर भयो भने त्यति बेला पनि क्रान्तिकारीको निम्ति एकता होईन फुट नै प्रिय चिज बन्छ र उसले त्यही रोज्छ ! त्यस्तै क्रान्तिको निम्ति एकता आवस्यकता हो , एकताले क्रान्तिलाई अघि बढाउछ र एकताले क्रान्ति सम्पन्न गर्नको निम्ति साचो अर्थमा प्रतिबद्दता जाहेर गर्छ भने त्यतिबेला क्रान्तिकारीको निम्ति एकता प्यारो चिज बन्छ र उसले एकता रोज्दछ !
फुट दुई प्रकारका हुन्छन ! एक : क्रान्तिकारी फुट र दुई अवसरवादी फुट ! क्रान्तिकारीहरुले संशोधनबादी र दक्षीनपन्थी , अवसरबादी नेतृत्वको बिरुद्ध हेद क्वाटरमा बम बर्साउदै गरिने बिद्रोहले सिर्जित फुट क्रान्तिकारी फुट हो ! संशोधनबादी र दक्षिनपन्थी अवसरबादीहरुले आफ्नो बिचारमा देखिएको निराशा , पलायन , बिचलन र गद्दारीको कारण क्रान्तिकारी आन्दोलन बात भाग्ने क्रममा सिर्जित फुट अवसरबादी फुट हो ! त्यस्तै एकता पनि दुई प्रकार कै हुन्छ ! एक : क्रान्तिकारी एकता र दुई अवसरबादी एकता ! अग्रगमनको सर्तमा , क्रान्ति सम्पन्न गर्ने सर्तमा र क्रान्तिको निम्ति आवस्यक सबै बलिदान गर्ने सर्तमा एउटा क्रान्तिकारीको अर्को क्रान्तिकारी संग एकता हुन्छ भने त्यो क्रान्तिकारी एकता हो ! तर क्षनिक र तात्कालिन संसदीय राजनैतिक लाभ को निम्ति र आफ्ना व्यक्तिगत स्वार्थको निम्ति एउटा अवसरबादी समुहको अर्को अवसरबादी समुह संग हुने एकता अवसरबादी एकता हो ! यहानिर अर्को एकताको पनि थोरै चर्चा गर्नु आवस्यक हुन्छ त्यो एकता हो सारसंग्रहबादी एकता ! यो एकता लगभग विरलै हुने गर्दछ ! माथि उल्लेखित दुई थरि एकतामा एउटा क्रान्तिकारीको अर्को क्रान्तिकारी सग र एउटा अवसरवादीको अर्को अवसरवादी संग एकता हुन्छ भने यो सारसंग्रहबादी एकतामा क्रान्तिकारीको अवसरबादी संग एकता हुन्छ ! जापानी साम्राज्यबादले चीनमाथि आक्रमण गर्दा चाङ्काईशेक संग गरियको कार्यनैतिक एकताको प्रसंगमा अध्यक्ष माओ ले ” सानो माछालाई ठुलो माछाले निल्ने ” एकता भनेर भने झैँ यो सारसंग्रहबादी एकतालाई पनि क्रान्तिकारीले अवसरबादी लाई निल्ने एकता को रुपमा लिन सकिन्छ ! तर यसमा क्रान्तिकारीहरुको उच्च सतर्कता र परिपक्क सुझबुझ भएन भने उल्टो अवसरबादीले क्रान्तिकारीलाई निलिदीन सक्छ ! यदि त्यसो भयो भने क्रान्तिकारी आन्दोलनको निम्ति त्यो भन्दा ठुलो दुर्घटना अरु केहि हुदैन !
माक्शबादले भन्छ : ” हरेक ठाउमा सम्भावना देख ” सच्चियको चिज बिग्रिने सम्भावना हुन्छ ! बिग्रियको चिज सच्चिने तथा झन् बिग्रिने सम्भावना हुन्छ ! श्रावण महिनामा आखा फुटेको गोरुले सधै हरियो मात्रै देखे झैँ एकतामा सधै एकता मात्रै देखने र फुटमा सधै फुट मात्र देख्ने रोग अधिभुतबाद हो ! द्न्दबादले एकतामा फुट देख्छ र फुटमा एकता ! मिलन पछि बिछोड , जीवन पछि मृत्यु र दिनपछि रात भए झैँ एकता पछि फुट अनिवार्य आउने चिज हो ! त्यसकारण पार्टीमा आउने फुट र विभाजन कुनै अनौठो , अस्वभाविक र असहज चिज होईन ! किनकि पार्टी विपरितहरुको एकत्व पनि भएको कारण त्याहा विपरित बिचारहरु बीच निरन्तर टकराव चलिरहन्छ ! टकरावको क्रममा जव रुपान्तरणको अभाव हुन्छ तव एकीकृत पार्टीमा विभाजन अनिवार्य बन्छ ! त्यस्तै बिछोड पछि मिलन र दिनपछि रात भय झैँ फुट पछि एकताको सम्भावना पनि सधै रहिरहन्छ ! किनकी कार्यदिशा ,कार्यनीति र कार्यक्रममा देखियको अन्तरको कारण विभाजित अलग अलग समुह हरु काम र व्यबहारको दौरानमा आफुलाई सच्याउने र रुपान्तरित हुनेक्रममा एक अर्को जस्तै बनि सक्ने र बन्ने प्रक्रिया पनि चलिरहेको हुन्छ ! यो अवस्थामा पुर्वबिभाजित समुहहरु फेरि एकीकृत हुनसक्ने सम्भावना पनि रहिरहन्छ ! अवस्य यो सन्दर्भमा दुवै सम्भावना लाई नकार्न मिल्दैन एक : बिगतमा बिग्रियका र बाटो बिरायकाहरु सच्चियर आत्मालोचना सहित क्रान्तिकारी पार्टी एकतामा आउन सक्ने सम्भावना र अर्को बिगतमा सहि बाटोमा हिडिरहेका हरु वर्तमानमा बिग्रियर गलत बाटो हिडेर पहिल्यै बिग्रेका हरु संग अवसरवादी प्रकारको पार्टी एकता गर्ने सम्भावना ! निस्चय नै पार्टी र क्रान्तिको निम्ति पहिलो प्रकारको सम्भावना अयन्तै राम्रो , उज्यालो र स्वागतयोग्य पक्ष हो ! दोस्रो सम्भावना पार्टी र क्रान्तिको निम्ति कालो र नराम्रो पक्ष हो !
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger