Latest Updates :

मलेसियामा एक नेपाली माथि अज्ञात ब्यक्तिद्वारा खुकुरी प्रहार गरी गम्भीर घाइते।

SHARE THIS POST :


मलेसियामा नेपाली माथि सांघातिक आक्रमण

मलेसियामा एक नेपालीमाथि सांघातिक आक्रमण भएको छ। मलेसियाको जोहोरबारू राज्य स्थित एस डब्लु एम कम्पनीमा कार्यरत जनकपुर धामका ३५ बर्षिय बिहारी महतोलाई डाँकाको समूहले आक्रमण गरेको हो।
 
हिजो बिहान डियुटी जाँदै गर्दा डाँकाको समूहले उनीमाथि खुकुरी प्रहार गरेको थियो। मोटरसाइकलमा आएका डाँकाले महतोलाई खुकुरी हानेर उनिसँग भएको सामसुङ मोबाइल र ३ सय रिङ्गेट पैसा समेत लुटेर लगेको उनका साथी देवराज तिमिल्सिनाले जानकारी दिएका छन्।
 
डाँकाको आक्रमणमा परी महोतोको अनुहारमा गहिरो चोट लागेको छ। घाइते महतोको अहिले सुल्तान हस्पिटलमा उपचार भैरहेको छ।
 
उनको चिउडोदेखि कानसम्म ९ ईन्च लामो भागमा गहिरो चोट छ। खुकुरीले काटिएको भागमा एक सय बढी टाँका लगाइएको छ। उनको अवस्था गम्भीर छ।
 
आक्रमणका बारेमा महतो कार्यरत कम्पनीले प्रहरीलाई खबर गरेको सोही कम्पनीमा कार्यरत देवराज तिमिल्सिनाले जानकारी दिएका छन्।
प्रकाशित मिति: बिहीबार, आषाढ ३, २०७२ २०:२८:३२



Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger