Latest Updates :

कुवेतमा एकैपटक ७ जनालाई झुन्ड्याएर मृत्युदन्ड दिइयो जस्मा एक नेपाली समेत परेsee more>>>>

SHARE THIS POST :


कुवेतमा एकैपटक ७ जनालाई झुन्ड्याएर मृत्युदन्ड दिइयो जस्मा एक नेपाली समेत परेको छ।
कुवेत, १२  माघ : विभिन्न जघन्य अपराधमा संलग्न आरोपित अपराधीहरुलाई कुवेतले मृत्युदन्डको सजाय दिनेगरी केही पहिले सुनाएको फैसला बुधबार कार्यान्वयन गरिएको छ । मृत्युदन्डको सजाय पाउने सातजना अपराधीमध्ये राजपरिवारका एकजना सदस्य पनि परेका छन् ।
केहीअघि विभिन्न समयमा ती अपराधीहरुले ४० जनाभन्दा बढी मानिसहरुका ज्यान लिएका थिए । सजाय पाउने सबै अपराधीलाई बुधबार एकमुष्ट झुन्ड्याएर मारिएको छ । तेल धनी यस मुलुकमा धेरै वर्षपछि पहिलोपटक यसरी मृत्युदन्डको सजाय कार्यान्वयन गरिएको हो ।
मृत्युदन्डको सजाय पाउने सातजना अपराधीमा एकजना बंगलादेशी, एकजना फिलिपिन्सको, एकजना इथियोपियाली, दुईजना इजिप्टेली र दुईजना कुवेतकै नागरिकसमेत रहेका सरकारी स्वामित्वको ‘कुना’ समाचार समितिद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । मृत्युदन्डको सजाय पाउने कुवेतकै नागरिकहरुमा राजपरिवारको एकजना सदस्यको नाम फैजल अब्दुल्लाह अल जबर अल सबाह भन्ने खुलासा गरिएको छ ।
विज्ञप्तिमा जनाइएअनुसार आम नरहत्यालाई प्रत्यक्षरुपले सघाएको र अवैध बन्दुकलगायतका हातहतियार गैरकानुनीरुपमा आफ्नो स्वामित्वमा राखेको आरोप उनलाई लागेको थियो । त्यस्तै, कुवेतकै नागरिक अर्की महिला नासरा अल एनेजीलाई पनि प्रत्यक्षरुपले आम नरहत्या गरेको आरोपमा सन् २०१० मै मृत्युदन्डको सजाय सुनाइएको थियो ।
सन् २००९ मा आफ्ना पतिले दोस्रो विवाह गरेकोमा आबेगमा आइ नासराले प्रीतिभोज मनाउन सजाइएको पालभित्र आगो सल्काइदिएकी थिइन् । भयंकर आगोको लप्कामा परी अतिथि, महिला तथा बालबालिकासमेत ४० जनाभन्दा बढी सोही पालभित्रै जलेर मरेका थिए ।
मृत्युदन्डको सजाय पाउने एकजना फिलिपिनी महिलाको नाम जाकातिया पावा भएको फिलिपिन्सका विदेश मन्त्रालयको प्रवक्ताले जानकारी दिएका छन् । पावालाई घरेलु कामदार भइ आफू नोकरी गरेर बसेको घर मालिकको छोरीको हत्या गरेको आरोप लागेको थियो ।
जाकातिया पावाको दाजु ग्यारी पावा फिलिपिन्सको वायुसेनाका लेफ्टिनेन्ट कर्णेल पदमा कार्यरत् छन् । उनले जाकातियालाई आममाफी दिलाउने सम्बन्धमा पहल गरिदिन फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेसम्म कुरा पुर्‍याए । फिलिपिन्सको राष्ट्रपतिको कार्यालयले पनि जाकातियालाई मृत्युदन्डको सजायबाट माफी दिलाउन याचना गर्दै कूटनीतिकस्तरबाट सक्दो प्रयास गर्‍यो ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger