Latest Updates :

मलेसियामा यसरी लुटीन्छन् नेपाली युवक पुरा पढी एक एक सेर गर्नुहोला !

SHARE THIS POST :
मलेसियामा फेरि हाम्रै कम्पनीमा कार्यरत सहकर्मी माथी लुटेराको आक्रमणज्ञानेन्द्र कुरुम्भङ्ग (पखेरे कान्छा)क्वालालम्पुर,मलेसियामलेसियन समया अनुसार १८ : २० मा

गोर्खाजिल्ला बोर्लाङ गा.बि.स मा घर भइ हाल मलेसियाको भाइपर फोर्स सेक्युरिटी कम्पनीमा बिगत चार बर्ष देखि कार्यरत कुमार श्रेष्ठ आफ्नो डिउटी सकेर होस्टल जाने क्रममा बाटोमा हिडदै गर्दा पीडित कुमार श्रेष्ठको अगाडि एक्कासि एउटा कार आएर रोकियो।कार बाट तीन जना तमिल केटाहरु ओर्लिएर हामीपुलिस हौं भन्दै पिडित संग पासपोर्ट माग्न थालियो।पीडित कुमार श्रेष्ठले आफू सँग पासपोर्ट नभएको र भिषा लागेको पासपोर्ट को फोटोकपी मात्रै भएको भन्दै पर्सबाट फोटोकपी निकाल्ने क्रममा एक्कासि ती तमिल हरुले पर्स खोस्न खोजे पछि पीडित ले दिन नमान्दा ती लुटेरा हरुले कार बाट फलामको रड झिकेर
टाउकोमा प्रहार गरे।प्रहार पछि पीडित कुमार श्रेष्ठ गम्भीर घाइते हुन पुगे।पीडितको साथमा भएको मोबाइल र केही पैसा लुटेर ती तमिल लुटेराहरु फरार भए।घाइते कुमार श्रेष्ठको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।यो त एक प्रतिनिधि घटना मात्र हो।हामी मलेसिया मा कार्यरत सम्पुर्ण नेपाली हरु कत्तिको सुरक्षित छौँ त? यस्ता दिनानु दिन घटने घटनाले आफै छर्लङ्ग पार्छ।मलेसिया मा कार्यरत नेपाली को सुरक्षाको विषय न त नेपाल् सरकार नै गम्भीर न कुटनैतिक नियोग ले चासो दिइरहेको छ।रोजगार को नाममा हामी गरिब नेपाली हरुले जोखिम मोलेरै भए पनि श्रम गर्न बाध्य छौँ।यस विषयमा सम्बन्धित निकायको ध्यान बेलैमा जाओस् ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger