काठमाडौं, ७ माघ । नेपालकी तेरिया फौजामगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को उपाधि जितेकी छिन् ।
तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले लेखेको छ । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनेकी हुन ।
उनले यसअघि भारतको चर्चित डान्स शो ‘डान्स इण्डिया डान्स ’को बिजेता भएकी थिइँन । झलक दिखला जामा तेरियाको प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । तर, भोटिङको आधारमा तेरियाले उपाधि जितेकको अनलाइनले जनाएको छ ।
उक्त शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ । रुपन्देहीकी तेरियालाई भोट गर्न भन्दै केहि दिन अगाडि मात्र पत्रकार सम्मेलन मार्फत आह्वान गरिएको थियो ।
अनलाइन र एसएमएसबाट उनलाई भोट गरिएको थियो । तेरियाले कति भोट पाइन् भन्ने खुलेको छैन । तर, सेलिब्रेटीहरुको डान्स शो पनि जितेर तेरियाले अर्को सफलता कायम गरेकी छिन् ।
Loading...
