Latest Updates :

बसले किच्दा एक युवतीको मृत्यु

SHARE THIS POST :

 शुक्रवार - कार्तिक १२, २०७३  रिता घिसिङ्ग  दृश्य: १२६  वर्ग: समाचार
कार्तिक १२, इटहरी ।आज बिहान सुनसरी जिल्लाको रामधुनीभासी नगरपालिका–५ झुम्काबजारमा पश्चिमबाट पूर्वतिर आउँदै गरेको ना ४ ख ७३९४ नंको बसको ठक्करबाट साइकलयात्री १९ वर्षीया प्रतिमा चौधरीको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१५ एकम्वा निवासी प्रतिमा बसले ठक्करबाट गम्भीर रुपमा घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल इनरुवातिर लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger