Latest Updates :

इन्धनको मूल्यबृद्धि स्थगन गर्न निर्देशन

SHARE THIS POST :
काठमाडौँ / संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति मातहतको हित सम्बन्ध उपसमितिले इन्धनको मूल्य स्थगन गर्न आयल निगमलाई निर्देशन दिएको छ । आयल निगमले आफैले बनाएको कार्यविधि विपरीत इन्धनको मूल्य बढाएपछि बिहिबार बसेको उपसमितिको बैठकले तत्काल स्थगन गर्न निर्देशन दिएको हो ।

‘सीमा क्ष्ँेत्रमा मूल्य अन्तरले तस्करी रोक्न मूल्य बढाएको आपूर्ती मन्त्रालय र निगमको भनाइले उपसमिति सन्तुष्ट हुन सकेन । चोरी निकास रोक्ने नाममा उपभोक्तामाथि मूल्य बृद्धिको भार थोपर्ने कार्य जायग छैन,’ उपसमिति संयोजक सुवासचन्द्र ठकुरीले भने, ‘निगमको निर्णय पेट्रोलियन पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनको कार्यविधि २०७१ विपरीत रहेकोले मूल्य बृद्धि स्थगन गर्न निर्देशन दिन्छु ।’

बैठकमा सांसद्हरुले कार्यविधि विपरीत ४ प्रतिशत बृद्धि गरेकोमा आक्रोश पोखका थिए । समितिले तीन वर्षमा इन्धनको मूल्य तय गर्दा लिइएको आधारबाट प्राप्त आम्दानी र खर्च रकम एक साताभित्र संसदीय समितिलाई उपलब्ध गराउन निर्देशनसमेत दिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger