Latest Updates :

आरके खम्बु भन्छन् : नेपालमा मधेश नै छैन

SHARE THIS POST :

बेलबारी । ठुला दलका नेताहरुको खराब नियतका कारण बर्तमान समस्या सिर्जना भएको र उनीहरुले चाहेमा संबिधानले निर्धारण गरेकै मितिमा तिनै तहको निर्बाचन सम्भव भएको खम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रिय अध्यक्ष तथा सांसद रामकुमार (आर.के) खम्बुले दाबी गरेका छन । बिहिबार बेलबारीमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपालमा मधेश नरहेको र केही नेताहरुले आफनो स्वार्थका लागी मधेशलाई अलग्गै प्रदेश मागिरहेको भन्दै त्यो कुने हालतमा स्वीकार्य नहुने बताए । हचुवाको भरमा राज्य टुक्राउनु नहुने बताउँदै उनले नेपालमा जातिय राज्य रहेको र ऐतियहासिकताका आधारमा जातिय राज्य हुनुपर्ने बताए । कुनै जात बिशेषसँग जोडेर राज्य बिभाजन गर्न नहुने बताउँदै उनले समाबेशी र समानुपातिक किसिमले जातिय राज्यको माग गरे ।

संबिधानमै उल्लेख भएको २०७४ माघ ७ भित्र तिनै तहको निर्बाचन सम्भव भएको र त्यसका लागी निर्बाचन ऐन तयार भईसकेको र कानुन बन्ने तयारीमा रहेको उनले जानकारी दिए । संबिधानमा नै आवश्यत्ता अनुसार संबिधान शंसोधन गर्दै जाने भन्ने कुरा उल्लेख गरिएकोले संबिधान शंसोधन गर्दा खासै फरक नपर्ने उनले उल्लेख गरे ।

बहुदलीय ब्यबस्थामा बिपक्षीले संसद अबरुद्ध गर्नु र बिरोध गर्नु सामान्य भएको भन्दै यसलाई बिशिष्ट रुपले नहेर्न उनले आग्रह समेत गरे । तत्काल संसद खुल्ने अबस्था नदेखिएका कारण संसद नखुले पनि संसदले गर्नुपर्ने कामहरु अगाडी बढाउने उनले बताए । एमालेको तत्कालको माग जायज नभएका कारण माग सम्बोधन नहुने भन्दै तत्काल गतिरोध समेत अन्त्य नहुने उनले बताए । मधेशमा एक वा दुई प्रदेशको माग उठिरहेको भन्दै उनले त्यो सम्भव नभएको र नेपालमा मधेश नै नभएको जिकिर समेत गरेका छन ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger