Latest Updates :

news collection

SHARE THIS POST :


काठमाडौं । अभिनेता दीपक गिरी र अभिनेत्री दीपाश्री निरौलाले निर्माण गरेको फिल्म ‘छक्कापञ्जा’ले अहिले दर्शक तानेको छ । फिल्मले राम्रो कमाइ पनि गरेको छ । तर फिल्मको कमाइ लुकाउन दीपक र दीपाले गर्नुसम्मको कीर्ते काम गरेको खुलासा हुँदै गएको छ । राजधानीका फिल्महरूमा राम्रो कलेक्सन गरेको ‘छक्कापञ्जा’ कमाइ पूरै नदेखाएर राज्यलाई कर छल्ने तयारीमा दीपक र दीपा

सक्रिय भएको स्रोतले जनाएको छ । यो जोडीले फिल्म हल सञ्चालकहरूलाई फोन गरेर र भेटेरै कलेक्सन भएको रकमको बास्तविकता बाहिर नल्याउन दबाब दिइरहेका छन् । फिल्मको पब्लिसिटीमा थुप्रै खर्च गर्न भ्याएका दीपक र दीपाको खुट्टा अहिले भुइँमा छैन । फिल्म चलेपछि उनीहरूको खुसीको सीमा नरहनु स्वभाविक हो। फिल्म देखाउन दीपक र दीपाको जोडीले एमालेका अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरूलाई फिल्म हलसम्म पु-याएको थियो । यसले पनि ‘छक्कापञ्जा’को राम्रै प्रचार प्रसार भयो । फिल्ममा दीपा, दीपक, कमल गाउँले, प्रियंका कार्कीलगायत टेलिभिजनमा देखिन अधिकांश कलाकारहरूको अभियन छ । हुन त राज्यलाई कर छल्ने बानि नै परिसकेका नेपाली फिल्मका कलाकार र निर्माताहरूको व्यवहार फिल्म राम्रो चल्दा पनि सुधार नहुनुमा राज्यको नीति नियम कमजोर रहेको आरोप छ । यही कमजोरीलाई पछ्याएर दीपा र दीपकले राज्यलाई कर छल्न थालेका हुन् । दर्शकको राम्रो माया पाएको ‘छक्कापञ्जा’ले अहिलेसम्म कति कमाइ ग-यो त्यसको हिसाब किताब दीपक र दीपाले दर्शक र राज्यलाई दिनु पर्दैन ? भनेर प्रश्न उठ्न थालेको छ ।

WATCH MORE VIDEOS

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger