Latest Updates :

यस्तो देखियो त्रिशूली बस दुर्घटनाको दर्दनाक दृश्य : अहिले सम्म २० जनाको मृत्यु,१७ घाईते (फोटो फिचरसहित)

SHARE THIS POST :
त्रिशूलीमा बस खस्यो, २० जनाको मृत्यु,१७ घाईते (फोटो फिचरसहित)
  चितुवान । गौरबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ भने १७ घाईते भएका छन् केही अबस्था गभ्भिर रहेको प्रहरीले जनाएको छ।
ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नारायणघाट सडक खण्डको कालीखोला नजिकबाट त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ ५कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

करिव बिहान ५ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले नदीमा तैरिरहेको बस देखिएको थियो।
घटनास्थलबाट चितुवानका एसपी बसन्त कुँवरले दिएको जनकारी अनुसार २० जनाको शव बसबाट बाहिर निकालिएको छ। १७ घाईतेलाई उद्धार गरेर उपचारको लागि भरतपुर पठाइएको केहीको अबस्था गभ्भिर रहेको प्रहरीले जनाएको छ ।स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ।बसको केही भागमात्र नदीबाहिर देखिएको थियो।विहिबार ५ बजे गौरबाट लोकसेबाको परिक्षा दिन पोखरा हिडेका थिए । बसमा करिव ४० को संख्यामा सवार रहेको अनुमान प्रहरीले गरेको छ ।

मिस नेपाल सृस्टि श्रेष्ठ नया बलीवुड सेक्सी म्यूजिक भिडियो। 


Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger