Latest Updates :

कतारमा एकै चोटी ४०० नेपालीको मृत्यु

SHARE THIS POST :
कतारमा एकै चोटी  ४०० नेपालीको  मृत्यु
कतार हुने विश्वकप फुटवलका लागि रंगशाला निर्माणको क्रममा अहिलेसम्म चार सय नेपालीको मृत्यु भएको छ । आगामी सन् २०२२ मा कतारमा गर्न लागिएको विश्वकप फुटवलको लागि भौतिक पूर्वाधार निर्माणका लागि ठूला संख्यामा नेपाली कामदारहरु परिचालित छन् । फुटवलको महामेला विश्वकप आयोजनाका लागि कतारले रंगशाला निर्माणदेखि भौतिक संरचनाहरु निर्माण कार्य तीब्र गतिले अघि बढाएको छ । कतारमा भौतिक पूर्वाधारहरु निर्माण कार्य धेरै भएकाले कतारले अझै ठूलो परिमाणमा नेपाली कामदारहरुको लिने जनाईसकेको छ ।
विश्वकप फुटवलको तयारीका लागि ठूलो संख्यामा श्रम सम्झौता हुने भए पनि कठिन काम हुने भएकाले जोखिम पनि उत्तिकै छ । नेपाली श्रम विक्रीसँगै ज्यान जाने जोखिम पनि उत्तिकै रहेपछि प्रवासी नेपालीहरुको हितमा काम गर्दै आएका संस्थाहरु तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरु समेत चिन्तित छन् । बेलायतबाट प्रकाशन हुने अन्र्तराष्ट्रि्रय पत्रिका ‘द गार्जियन’मा प्रकाशित पछिल्ला रिपोर्ट अनुसार सन् २०२२ मा कतारमा हुुने विश्वकप फुटवलको रंगशाला निर्माणका क्रममा २०१० देखि २०१३ सम्म चार सय नेपालीले ज्यान गुमाएको उल्लेख छ ।
तीज गीतम मजाहिलाको भेसमा नाच्दै राजेश हमाल 


Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger