जिल्ला प्रहरी कार्यलाय कास्की अन्तर्गतको प्रहरी चौकी छोरेपाटनले गाईकाटि गाईको मासु खाने ३जनालई यहि भाद्र १२ गते पोखरा लेखनाथ महानगरपालीका २२ पुम्दी भुम्दी तारभिर का ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुबाट प्रहरीले गाईको मासु साथै मासु काट्न प्रयोग गरीएका हतियारहरु समेत फेला पार्न सफल भएको छ । पक्राउ पर्नेमा ४६ वर्षिय पुर्ण बहादुर नेपली , उनका छोरा १५ वर्षिय दिपक नेपाली र ३१ वर्षिय बुद्धी बहादुर आचार्य रहेका छन । सोहिस्थानको दुर्गा नि.मा.बि.को पछाडी उनिहरुले गाई काटि रहेकाछन भने स्थानियहरुबाट प्रहरी चौकी छोरेपाटनमा खबर प्राप्त हुनासाथ तत्काल प्रहरी नायब निरीक्षक असोक बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
Loading...