यो दुनियामा कुनै महिला यतिसम्म क्रुर हुनसक्ला, जसले आफैले जन्माएको नवजात शिशुलाई नै खाने प्रयास गर्छ ?
ममतामयी आमाका लागि आफुले जन्माएको बच्चा मुटुकै टुक्रा समान हुन्छ । तर सबै आमाहरु इस्ता कहाँ हुन्छन्
र ? अवैध रुपमा जन्माएका बच्चालाई मारेर फ्याँक्ने सम्म आमाहरु भेटिन्छन् । चीनमा भने अझ एक कदम अघि बढ्दै यस्तै आमा फेला परेकी छिन् जसले आफैले जन्माएको नवजात शिशुलाई खानका चपाइन् ।
ली जेंगहुवा नामकी ती महिलालाई गर्भवती अवस्थामै घरपरिवारले घरनिकाला गरेका थिए । उनी सडकमै बसेर गुजारा गरिन् र उनको पेटको बच्चा हुर्किँदै गयो । एक दिन उनलार्य प्रसव पीडा भएपछि स्थानीय मानिसहरुले उनलाई अस्पतालमा पूराए । अस्पतालमा उनले छोरा जन्माइन् ।
ती महिलाको मानसिक अवस्था बिगि्रएको थियो । पुलिस तथा अस्पतालका अधिकारीहरुले पटक पटक सोधखोज गर्दा पनि उनले आफ्नो घर तथा लोग्नेको नाम बताउन सकिनन् र उनलाई तत्कालका लागि अस्पतालमै राखियो । तर एकदिन यस्तो घटना भयो, जसले अस्पतालका नर्स तथा डाक्टरहरुको होसहवास उड्यो ।
Loading...
