Latest Updates :

दुबईको ७९ तले भवनमा आगलागी हुँदा see more

SHARE THIS POST :

 दुबईको गगनचुम्बी भवन टर्च टावरमा भिषण आगलागी भएको छ  । पछिल्लो दुई वर्षमा यो  टावरमा  आगो लागेको दोस्रो पटक हो ।
सामाजिक सञ्जालहरुमा पोस्ट गरिएका तस्बिर तथा भिडियो फुटेजमा टावरको माथिल्लो तलासम्म आगोको लपेटा पुगेको देखिन्छ  । भवनको माथिल्लो तलाबाट जमिनमा आगोले जलेर नस्ट भएका  सामग्रीहरु खसेको छ ।
टावरमा रहेका मानिसहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको र आगो निभाइएको बिबिसीमा उल्लेख छ । विश्वकै अग्ला भवनहरुमध्ये पर्ने टर्च टावरमा आगलागीको कारण पत्ता लागेको छैन ।
सरकारी मिडिया अफिसले ट्वीट गर्दै आगलागीबाट कोही पनि घाइते भएको खबर नआएको जनाएको छ । अहिले आगलागीबाट तातेको टावरलाई चिसो बनाउने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । ​
सन् २०१५ मा आगलागी हुँदा टर्च टावरमा  क्षति पुगेको थियो । ७९ तला भएको यो भवन विश्वकै ४०औं अग्लो भवन हो । २०११ देखि सञ्चालनमा आएको टर्च टावरमा ६७६ फ्ल्याट रहेका छन् । भवनको आठौं तलामा पार्किङ र स्विमिङ पुल रहेको छ । यो भवनमा दुई बेडरुम सहितको फ्ल्याटको मूल्य झण्डै पाँच करोड रहेको छ ।
दुबईको ७९ तले भवनमा आगलागी

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger