Latest Updates :

पोखरामा कस्तो डरलाग्दो घटना लोग्ने स्वास्नीको झगडा परालको आगोमात्र रहेन पूरा हेर्न तलको लिंक क्लिक गर्नुहोस

SHARE THIS POST :

पोखरामा आज एकदमै डरलाग्दो घटना भयो। उखान छ- लोग्नेस्वास्नीको झगडा- परालको आगो। तर कुनै कुनै सम्बन्ध यति जेलिएको हुँदो रहेछ कि त्यो परालको आगोमा मात्र सीमित नहुने रहेछ। त्यो ज्वालामुखीसरह विस्फोट हुने रहेछ- यो घटनाबारे थाहा पाउने सारा संसारलाई नै सिरिङ पार्ने गरी।
माथिको फोटो प्रष्टसँग राख्न पनि नसकिने खालको घटना हो यो। फोटोमा दुई जना ढलेका छन्। स्याङ्जाकी २१ वर्षीया सोनम रेग्मी हुन् ढलेकी युवती। अनि ढलेका युवक हुन् स्याङजाकै २२ वर्षीय सन्जीवबहादुर नेपाली। सोनमलाई पोखराको सिमलचौरस्थित घरमा निर्मम ढंगले छुरा प्रहार गरी हत्या गरेर सन्जीवले विष खाएर आफूले पनि आत्महत्या गरे।
केटी रेग्मी। केटा नेपाली। अन्तर्जातीय विवाह भएको थियो जोडीको पाँच वर्षअघि। विवाह किशोर उमेरमा भएको थियो। परिवारले स्वीकारेको थिएन। त्यसमाथि दुवैको दाम्पत्य जीवन सहज हुन सकेको थिएन। पटक पटक प्रहरीसम्मै पुग्नु परेको थियो मेलमिलापाको लागि। दाम्पत्य जीवन सहज हुन नसकेपछि सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा निवेदन समेत दर्ता भइसकेको थियो। के कारणले उनीहरुको सम्बन्ध बिग्रेको थियो भन्ने चाहिँ प्रहरीले अनुसन्धान गर्न बाँकी छ
बुधबार साँझ सोनमलाई मार्ने र आफू पनि मर्ने नियतले सुसाइड नोटसमेत लेखी सन्जीव सोनम बसेको घरमा मास्क लगाई छिरे। सोनमलाई कोठाबाट बाहिर निकाले। अनि आफूले ल्याएको छुराले पहिले पेटमा त्यसपछि घाँटीमा रोपे।
श्रीमतीको हत्यापछि उनले आफूले पनि विष खाए र उनीसँगै ढले। घरबेटी र छिमेकीहरुले रगतै रगत बगेको आँगनमा दुवै ढलेको अवस्थामा भेट्टाएका थिए। सोनमको घटनास्थलमै ज्यान गइसकेको थियो। सन्जीवको भने गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगेको अवस्थामा मृत्यु भएको थियो।
घटना भयावह छ। किशोर उमेरको प्रेमपछि भएको विवाह त्यसलाई म्यानेज गर्न नसक्दा बित्थामा दुई जनाको ज्यान गयो। 
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger