पछिल्लो समय फेसबुकले कसैको जिन्दगीमा फाइदा मात्र पुर्याएको छैन यसले कतिको जिन्दगी समेत वर्वाद बनाई दिएको छ | यति मात्र होइन फेसबुककै कारन ज्यान जाने देखी लुटिने सम्मको घटना सर्वविदितै छन् |त्यस्तै भयो धरानका इसुन राई र म्यानमार बर्मा घर भएकी युवती मिन्जुयाङग बर्मैलीको जीवनमा पनि,फेसबुकमा चिनजान भयो बोल्दै जादा माया बस्यो माया झागीदै गएपछि युवतीले आफ्नै पैसामा सिङ्गापुर टुरिष्ट भिसामा बोलाइन् अन्ततः उनीहरुको त्यो माया धरानको होटल ड्रिम ल्याण्डमा अईपुगेर बिहेमा पनि परिवर्तन भयो त्यतिमात्र होइन अहिले उनीहरुको एउटा एक बर्षको छोरा ईथन राईको समेत जन्म भैसकेको छ तर मिन्जुयाङगलाई थाहा थिएन कि उनको यो विवाहले यसरी आफ्नै जिन्दगी तहसनहस पार्छ भन्ने कुरा फेसबुकमा भेटेका ति धराने युवक ईसुन राईले ति युवतीको जिन्दगी तहसनहस मात्र होइन यति बेला मिन्जुयाङगको सबै सम्पति र छोराको माया समेत लुटे | केटाले मात्र होइन केटाको घर परीवारले समेत बुहारी मिन्जुयाङग बर्मैलीलाई घर निकाला गरेका छन् | घरनिकाला गरे लगतै मिन्जुयाङग बर्मैलीले धरानको कोरीयन रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी आफुलाई न्याय दिलाई दिनको लागी पहल गरीदिन अपिल गरेकी छिन |छोरा जन्मिएको ४५ दिन हुदा नेपाल बस्ने भिसाको समय कमहुदै थियो सोहि अनुरुप मिन्जुयाङग बर्मैलीले भिषाको समय थप्न सिंगापुर प्रस्थान गरे जुन बेला सम्म उनीहरु बिचको सम्बन्ध राम्रै थियो तर मिन्जुयाङग सिंगापुर गएर तुरुन्त फर्कन पाएनन् उनले उतै काम गर्न थाले र यता श्रीमान् इसुन राई तथा परीवारलाई करीब ८ लाख रुपैया रकम समेत पठाई सकेको र काम गर्ने समय सकिए पछी नेपाल फर्केर छोरा तथा श्रीमान परीवार संगै बस्न खोज्दा श्रीमान तथा घर परीवार सासु गगा राई र दिदि करुणा राईले समेत आफुलाई घरकी बुहारीको रुपमा नस्विकारेको कुरा समेत आफ्नो छोराको जन्म दिनको फोटो देखाउदै सुनाईन् |
श्रीमानले बारम्बार तिमि नेपाली होइनौ नेपालमा तिमीले केहि गर्न सक्दैनौ भन्ने तथा आफ्नो कुनै वास्ता समेत नराखेको कुरा बताएकी छिन् |न उनले(श्रीमान) अहिले फोन उठाउछन् न उनको आफ्नो १ बर्षे छोरा संगै भेट्न दिएका छन् उनको जसरी पनि वैवाहिक नाता प्रमाणीकरण गरी आफ्नो छोरा पाउनु पर्ने उनको माग रहेको छ |हाल उनि बर्मैली राजदुताबासको सहयोगमा धरान स्थित वडा.न. १० मा डेरा गरी बस्दै आएकी छिन ।
Loading...
