Latest Updates :

के अचम्म किचकन्याले नारायणगढ–मुग्लिन सडकखण्डमा जाममा परेको यात्रुहरुलाई यसरी सताउन थाले पछि (हेर्नुहोस भिडियो

SHARE THIS POST :

नारायणगढ–मुग्लिड)न सडकखण्डको जोखिमपूर्ण क्षेत्रमा पहिराका कारण बीचमा फसेका सवारी साधनलाई एकातर्फ सडक सञ्चालनमा ल्याएर मुग्लिनतर्फ पठाइएको छ ।
सो सडकको जलवीरेदेखि मुग्लिनसम्म खसेका पहिराको छेउको भाग हटाएर करिब १२५ गाडीलाई मुग्लिनतर्फ पठाइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार जलवीरेदेखि नारायणगढतर्फका सवारी भने बीचमा नै छन् । साँझ अबैरसम्ममा ती सवारीलाई गन्तव्यतर्फ पठाउनका लागि काम भइरहेको उहाँको भनाइ छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार १० ठाउँमा ठूला पहिरो तथा अन्य भित्तो काटिएका ठाउँमा साना पहिरो खसेका छन् । मुग्लिनदेखि गाईघाटसम्मको १७ किमी क्षेत्रमा पहिरो खसेको हो ।
मुग्लिन नजिकै एउटा ठूलो पहिरो खसेको छ । त्यसैगरी मुग्लिनबाट २ दशमलब ५ किमी नारायणगढतर्फ चेपाङडाँडादेखि कालीखोलासम्मको पाँच सय मिमा तीन ठूला पहिरो खसेको खनालले बताउनुभयो । थप पहिरो नखसेमा शुक्रबार मध्याह्नसम्ममा दुईतर्फी सडक सञ्चालन हुने उहाँको भनाइ छ । बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो । साँझ ७ः३५ बजे कालीखोला नजिकै तीन किलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger