एजेन्सी। सडकमा जम्मा भएका मानिसहरुले एक महिलाको पिटेरै हत्या गरेको दर्दनाक भिडियो सार्वजनिक भएको छ । प्रहरी पुगेर भिडलाई हटाउँदासम्म ती महिलाको मृत्यु भइसकेको थियो । भारतको झारखंड साहेबगंजमा यो घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
भारतमा अलौकिक शक्ति पाउनका लागि महिलाको कपाल काटिदिने घटना भइरहेका बेला ती महिलालाई पनि एक बालिकाको कपाल काटिदिएको आरोप लगाइएको थियो ।
यसअघि पनि यो राज्यमा भीडले यस्तै खतरनाक फैसला सुनाएका घटनाहरु भएका बताइएको छ । भीडले ती महिलाका ९ वर्षका छोरालाई पनि छोडेनन् । उनीहरुले ती बालकलाई पनि निर्घात कुटपिट गरेको बताइएको छ ।
यहाँको राधा गाउँकी एक बालिकाको कपाल काटिएको थियो जसका कारण भीड आक्रोशित थियो । त्यहीबेला भीड नजिकैबाट भिखारीहरुको एक समूह जाँदै थियो ।
भीडले त्यही समूहलाई कपाल काटिदिने गिरोह भन्दै कुटपिट गरेको थियो । प्रहरी पुग्दासम्म ती महिलाको मृत्यु भइसकेको बताइएको छ । भीडले तिनै महिलाले कपाल काटेको हल्ला मच्चिनासाथ उनीमाथि खनिएको थियो ।
Loading...
