Latest Updates :

श्रीमान नेपाल नभयको बेला हत्या गरि जङ्गलमा फाले आफ्नै दाजु र बुबाले पुरै पढ्नुहोस

SHARE THIS POST :

गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ । बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले जनाएको छ ।गत साउन ७ गते मृतक सन्तोलियालाई उनकै बुबा शिवजी महतो र दाजु विनोदकुमार महतोले मुख थुनेर घाँटीमा सलको पासो लगाई हत्या गरी सोही जंगलको एक खोल्सीमा फालेको प्रहरी अनुसन्धानका क्रममा खुलासा भएको छ । सर्लाही हरिवन नगरपालिका–५ माइती रहेको मृतककी श्रीमान् विगत केही दिन वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका छन् ।
श्रीमान् घरमा नरहेको समयमा सन्तोलियाले बाहिर अनैतिक सम्बन्ध स्थापित गर्दै आएको र सो सम्बन्धमा परिवारले जति सम्झाउँदा पनि नमानेपछि दाजु र बुबाले नै हत्या गरेको प्रहरीले पाँच दिनको लामो अनुसन्धानपछि पत्ता लगाएकोे प्रहरी नायब उपरीक्षक दिपक पोखरेलले बताउनुभयो ।हरिवन नगरपालिका–५ माइती घर भएकी सन्तोलिया कुमारीको विवाह समाजिक परम्पराअनुसार २०६९ सालमा गौशाला नगरपालिका–२ का विक्रम महतोसँग भएको थियो । मृतकको शव दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको छ भने मृतकको बुबा शिवजी महतो र दाजु विनोदकुमार महतोलाई शनिबार इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएका छन् ।दुवै जनालाई जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सन्तोलियाको शव साउन १० गते बीच जंगलमा किरा परेको र सडेको अवस्थामा फेला परेको थियो ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger