Latest Updates :

८ हजार भन्दा बढी नेपाली महिला दुबइमा यौनकर्मी, यसरी भयो खुलासा (हेर्नुहोस भिडियो)

SHARE THIS POST :

 भारतको केन्द्रीय अनुसन्धान व्युरो ( सिबिआई)ले नेपाली चेलीहरु दुवइमा देहब्यापारका ला
गि तस्करी भैरहेको सनसनीपूर्ण खुलासा गरेको छ । अहिले दुवइमा ८ हजार भन्दा बढी नेपाली चेली देहब्यापारमा संलग्न भैरहेको सिबिआइको दावी छ ।
यो अनुसन्धान बहुपक्षीय जासूसी संस्थाको सहयोगमा गरिएको टाइम्स अफ इण्डियामा प्रकाशित समाचारमा उल्लेख छ । सन् २०१४ को डिसेम्बर सम्म भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको बाटो भएर कम्तिमा ८ हजार नेपाली केटीहरु देह ब्यापारका लागि दुवई पुर्‍याइएको उक्त रिपोर्टको दावी छ । रिपोर्टका अनुसार यो अवधीमा २० देखि ३० वर्ष उमेरका कम्तिमा ६ देखि ८ हजार सम्म नेपाली महिला दुवई पुगिसकेका छन् ।
सिबिआइले यस विषयमा भारतीय विदेशमन्त्रालय, गृहमन्त्रालय, आप्रबास ब्युरो तथा इन्टरपोल हुँदै नेपालका अधिकारीहरुलाई जानकारी गराइसकेको बताइएको छ ।
यसरी महिलाहरुलाई दलालहरुले पर्यटक भिसामा त्यहाँ पुर्‍याउने र बेश्या वृत्तिमा लगाउने गरेको सिबिआइ, फरेन रजिष्ट्रेशन अफिस, एयर इण्डिया, कतार एयरवेज, ब्युरो अफ इमिग्रेसन र नयाँ दिल्लीमा आधारित १५ वटा ट्राभल एजेन्सीको सहयोगमा गरिएको यो अनुसन्धानले देखाएको हो ।
अधिकाँश युवतीहरुलाई केन्याको नैरोवीसम्मको यात्राका लागि होटल रुम समेत बुक गरेर लैजाने गरिएको र दुवइ पुगेपछि भने त्यस्ता युवतीहरुको टिकट रद्ध गर्ने गरिएको छ । कतिपय युवतीहरुले दुवईमा काम गर्नका लागि पेपर भिसा समेत ल्याएपनि त्यो लुकाएर राख्ने र दुवई पुगेपछि मात्र देखाउने गरेका छन् ।
सन् २०१४ को जुलाईमा मात्र ७६ जना नेपाली युवती नैरोबीका लागि टिकेट काटेर एयर इण्डियाको विमानबाट दुवई पुगेको खुलासा पनि यो अनुसन्धानले गरेको छ ।
अधिकारीहरुले भने कागजातमा कतै केही समस्या नभएका कारण यस्ता युवतीहरुलाई रोक्न नसकिने बताएका छन् ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger