Latest Updates :

>>>आवुधाविमा ज्योति मगरको उधुम(तस्वीरहरु सहित) >>>

SHARE THIS POST :

युएईको राजधानी आवुधाविमा नेपाली नयाँ वर्ष सांगितीक धमाका शुक्रवार सम्पन्न भएको छ । नयाँ वर्ष २०७४ को अवसर पारेर लिःल फङ घले समाज युएईले ‘नयाँ वर्ष सांगितीक धमाका २०७४‘ कार्यक्रम आयोजन गरेको हो ।
कास्कीमा निर्माणाधिन घले संग्राहलय भवनको सहयोगार्थ आयोजित कार्यक्रममा गायिका ज्योति मगर, हिमाल घले, छिारीङ शेर्पा, विष्णु घले लगायत युएईका नेपाली कलाकारले समेत आफ्नो प्रस्तुती राखेका थिए ।  
मलाई जेन्टलम्यान भन्दा ब्याड ब्याय मनपर्छ भन्दै आफ्नो प्रस्तुति दिन शुरु गरेकी ज्योति मगरले उहि मुलाको सिन्की, जिम्मल वाउकी छोरी लगायतको गित प्रस्तुत गर्दा आयोजकलाई भिड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । आवुधाविको नेशनल फोल्कर थ्रिएटरमा खचाखच भरिएका दर्शकहरुमाझ खुलेर प्रस्तुत दिएकी मगरले दर्शकलाई उत्साहित पार्दै उफ्री उफ्री नचाएर उधुम मच्चाएकी थिईन । ज्योतिले प्रस्तुत गरेको हरेक गितमा दर्शकहरु भरपुर मनोरञ्जन लिदै उफ्रीएपछि कार्यक्रम ज्योति मगरमय भएको थियो ।
घले समाज युएईका अध्यक्ष नरवहादुर घलेको सभापतित्व तथा नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युएईका नेपाली कलाकारहरुले चर्चित नेपाली गितमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । 
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger