Latest Updates :

घाँस काट्ने क्रममा महिलाको मृत्यु

SHARE THIS POST :


इलामको फाकफोकथुम गाउँपालिका–७ साविक एकतप्पा–९ की एक महिलाको आज घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ ।
घाँस काट्न नजिकैको जङ्गलमा गएकी ३८ वर्षीया विष्णु थापाको लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ ।
भिरबाट लडेर गम्भीर घाइते भएकी थापालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे लगिएको थियो ।
उपचारकै क्रममा केन्द्रले थापालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक अमरबहादुर निरौलाले जानकारी दिनुभयो । थापाको शव परीक्षणका लागि इलाम अस्पताल ल्याइएको छ ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Pages (19)1234567 Next

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger