उत्तर प्रदेशमा स्कूल बस दुर्घटना, १५ जनाको मृत्यु भारतको उत्तर प्रदेशमा स्कूल बस र ट्रक आपसमा ठोक्किदा १५ जनाको मृत्यु भएको छ । ४५ जना घाइते छन् । मत्यु भएका मध्ये १३ जना बालबालिका छन् । दुर्घटना राजधानी लख्नउबाट २ सय ५६ किलो मिटरको दुरीमा रहेको एटा राज्यमा भएको हो । घाईते १४ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बसमा ५० भन्दा बढी विद्यार्थी सवार थिए । बाक्लो कुहिरोका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । अन्य विद्यालयमा जाडोको विदा भएपनि सो विद्यालय भने संचालन गरिएको भन्दै अभिभावकले विरोध जनाएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले घाइते बालबालिकाको निशुल्क उपचार गर्न निर्देशन दिनुभएको छ । विश्वकै सबैभन्दा बढी सडक दुर्घटना हुने मुलुक भारतमा प्रत्येक ४ मिनेटमा १ जनाको सडक दुर्घटनामा परी मृत्यु हुने गरेको छ । सन २०१५ मा १ लाख ४६ हजारले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । Ekaantipur बाट साभार।
Loading...