Latest Updates :

रोधिघरमा रोधी जमाउँदै चन्द्रमान तामाङ र बिनु तामाङ (भिडियो सहित)

SHARE THIS POST :


राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपालो लोक तथा दोहोरी गित संगीत भित्रको मौलिक गीतहरु लोप हुँदै गैरहेको अवस्थामा धादिङमा जन्मिएका गायक चन्द्रमान तामाङको प्रस्तुतिमा “रोधीघर” बोलको गित भर्खरै बजारमा आएको छ । गीतको कथावस्तु अनुसार निकै लामो समय सम्म बिदेश बसेको र विदेशमा रहंदा पनि आफ्नै गाउँ वस्ती कुना कन्दराको झल्कोले सताउंदा उकुसमुकुस भएको मन लाई रोधीघरले सितलता दिएको जस्ता भाव समाबेश गरिएको छ । यस गीतको प्रस्तुतकर्ता चन्द्रमान तामाङको अनुसार आफु विदेश जानु पुर्व नै यो गित तयार भएको र केहि शब्दमा आउन सक्ने सम्भावित टिका टिप्पणीको कारण पुनः नेपाल फर्किए पछी भोकल रेकर्ड गरेर यस गीतलाई बजारमा पठाईएको हो ।
यस गीतमा चन्द्रमान तामाङ र बिनु तामाङको सुमधुर स्वर लहरी सजिएको छ । उनीहरु द्वयको यो कर्णप्रिय स्वर सुन्दा लाग्छ आफु जुनसुकै स्थानमा रहे पनि आफ्नै गाउँवस्ती कुना कन्दरामा रहेको महसुस हुन्छ । किन कि यस गीतको लय र समाबेस शब्दले त्यहि गाउँवस्ती कुना कन्दरको झल्को बोकेको छ । प्रस्तुत गीतमा चन्द्रमान तामाङको मौलिक लय सिर्जना र राजकुमार बस्नेत अनि राजेश गजुरेको मन लोभ्याउने शब्द रहेको छ । यस गीतको कथावस्तु अनुसार म्युजिक भिडियोलाई पनि उत्कृष्टता दिने प्रयास गरेको छ । भिडियोमा सुरेश कुमार गुरुङ , करिश्मा ढकाल र राजेन्द्र लामोछानेको मन छुने अभिनय रहेको छ । “रोधीघर” बोलको गीतको म्युजिक भिडियो लाई दिपेन्द्र भट्टले छायांकन गरेका हुन् भने निर्देशन टेक लामा र सम्पादन दिपेन्द्र भट्टले नै गरेका हुन् ।


Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger