१७ वर्ष अगाडि ऋषि लामिछाने र मैले प्रेमविवाह गरेका हौँ । उहाँ केरो दिीको साथी भएकाले ऋषि दाइ भनेर सम्बोधन गर्थँे । मेरो परिवारले राम्रोसंग चिनेको मान्छे । उहाँको परिवारले पनि मलाई चिन्नुभएको थियो । हामी मिलने साथी थियौँ । तर एकअर्कालाई कहिलेदेखि मन परायौँ, थाहा भएन । अचानक एक दिन उहाँले बिहेको प्रस्ताव गर्नुभयो । उहाँको प्रस्तावमाथि मैले सोचिरहनुपर्ने अवस्था थिएन । घरमा कसैलाई नभनी मन्दिरमा बिहे गरेर सँगै बस्न थाल्यौँ । मेरो घर झापा, उहााको नेपालगन्ज । दुवै जना घरबाट टाढा काठमाडौँमा बस्ने भएकाले घरमा थाहा थिएन । भेरा भाइबहिनीलाई चाहिँ थाहा थियो । विस्तारै बुवाआमासम्म यो कुरा पुग्यो । हामीसँगै बस्न थालेको केही समयमै घरबाट बोलाउनुभयो । २०५४ साल बैशाख ४ गते नेपालगन्जको घरमा बहारी भएर भित्रिएँ । घरमा सवैको चाहना हामी नेपालगन्जमै बसे हुन्थ्यो भन्ने थियो तर काठमाडौँ फर्कियौँ । त्यो बेला संघर्षको समय थियो । हनिमुन मनाउने समय मिलेन । आवश्यकता पनि ठानेनौँ । एकअर्काप्रति विश्वास र समर्पण वबभन्दा ठूलो कुरा हो । हनिमुन समय धेरै भए ए साता होला । एक सातामा कसैको पूरै जीवन बुझ्न सकिँदैन । अहिले हनिमुन फेसन बनेको छ । तर, मेरो मान्यता फरक छ । जुन दिन विवाह बन्धनमा बाँधिइन्छ, त्यो दिन नै पर्याप्त हुन्छ एकअर्काप्रति समर्पित हुन । विवाहपछि श्रीमानश्रीमती शारीरिक र मानसिक दुवै रुपमा समर्पित भइन्छ । यो समर्पणले एकअर्कालाई बलियो बन्धनमा बाँधेर राख्छ । दुई व्यक्ति एक हुनु जीवनको सबभन्दा उत्कृष्ट क्षण हो । यसले जीवनभर ऊप्रति समर्पित भएँ भन्ने महसुस गराउँछ । अनिमुन त जरुरी लागेन नै, हामी घुम्न पनि कतै गएका छैनौँ । विवाहपछि आधारभूत आवश्यकता पूरा गर्दागर्दै समय बिते । अलिहे जीन एएटा बाटो लिएर अगाडि बढ्दै छ । अब भने छोरीलाई लिएर वर्षको एक पटक नेपालभित्रकै कुनै ठाउँ घुम्ने योजनामा छौँ ।
Loading...