म २५ वर्षीय विवाहित पुरुष हुँ । मैले मेरी श्रीमतीसँग यौनसम्पर्क गर्दा उनले मेरो वीर्य मुखमा हालिन् । वीर्य खाँदा स्वास्थ्यमा कुनै असर पर्छ कि पर्दैन ? पर्छ भने त्यसको उपचारका लागि के गर्नुपर्ला ? वीर्य के हो ?fgbeabab
हामी सबैलाई थाहा भएको कुरा हो कि पुरुषको यौन उत्तेजनालई निरन्तरता दिन सकिए यौन प्रतिक्रिया चक्रको तेस्रो चरणमा चरमसुख पाउने हाराहारीमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ, जसलाई वीर्य भनिन्छ । एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चा जति) वीर्य निस्कन्छ । यही वीर्यमा शुक्रकीटहरू हुन्छन् । तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनितिर दुईतिर वीर्य थैली हुन्छन्, यसैको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाईमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम । वीर्यको रंग सामान्यत: सेतो हुने भए पनि हल्का पहँेलो वा खरानी पनि हुन सक्छ । यो क्रिमजस्तै र केही च्यापच्यापे प्रकृतिको हुन्छ ।
वीर्य स्खलन हुनासाथ यो केही बाक्लो हुन्छ र केही बेरपछि नै पातलिने क्रम सुरु हुन्छ । रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्रकीटको पोषण तथा वातावरण सुव्यस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन् । अण्डकोषमा बनेको शुक्रकीट पनि यही वीर्य थैलीमा आएर बसेको हुन्छ र वीर्यस्खलन हुँदा रस सँगसँगै बाहिर निस्कन्छ । वीर्य किन खाइन्छ ? सामान्यत: प्रकृतिले यसलाई योनिमा राखियोस् भन्ने ध्येय राखेको हुनुपर्छ, त्यसैले यो त्यति मीठो वा स्वादिलो हुँदैन । धेरैजसो व्यक्तिलाई यसको स्वाद वा गन्ध मन नपर्न सक्छ । केही व्यक्तिलाई यस किसिमको यौन क्रियाकलापले यौन आनन्द प्राप्त गर्ने सहयोगी भूमिका खेलेको हुनाले नै यसप्रति लालायित हुन्छन् । कतिपय कुराको सन्दर्भमा सुरुमा यसको स्वाद मन नपरे पनि पछि अभ्यस्त हुने र आफू र आफ्नो यौनसाथीलाई रोचक तथा आनन्ददायक लाग्ने भएकाले यसलाई निरन्तरता दिन्छन् भन्ने तथ्य पनि छ । वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले निकै महत्त्व पाएको छ । पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १८ सयदेखि २२ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ । यति वीर्य खाएको भरमा शारीरिक क्षमता वा यौन जीवनमा नाटकीय परिवर्तन हुन्छ भन्ने कुरामा वैज्ञानिक आधार भएको मलाई थाहा छैन । यस्ता परिवर्तनमा कसैले अनुभव गरेको छ भने त्यो मानसिक प्रभाव होला, न कि शारीरिक । अहिले केही अनुसन्धानले अन्य फाइदा भएको कुरा पनि उल्लेख गरेका छन् । यसमा हुने सूक्ष्म पोषक तत्त्वहरू ल्ााभदायक नै हुन्छन्, तर यसको मात्रा भने अति नै थोरै हुन्छ ।
यसमा हुने प्रतिजैविकीका कारण केही प्रकारका बाँझोपन कम गर्ने तथा गर्भ तुहिनबाट बच्ने कुरा देखिएको छ । यसमा भएका भएका इन्डोफिर्न, प्रोल्याक्टिन, अक्सिटोसिन, सेरेटोनिनजस्ता रसायनले मनलाई खुसी बनाउन तथा निराशा कम गर्न सहयोग गर्छ भनिन्छ । योनिमा पर्दा यसको सकारात्मक असर हुने भए पनि खाँदा पनि त्यति नै प्रभाव पर्छ भन्ने कुरामा एकमत भने छैन । वीर्य खाँदा स्वास्थ्यमा असर पर्छ कि ? छोटकरीमा भन्नुपर्दा एक स्वस्थ व्यक्तिको वीर्य खाँदा अर्थात् वीर्यपान गर्दा कुनै हानि हुँदैन । वीर्यमा कुनै विषालु पदार्थ हुँदैन । रसायनिक दृष्टिकोणले हेर्ने हो भने यसमा केही सामान्य कार्बोहाईड्रेड, केही प्रोटिनका साथमा मुख्यतया: पानी हुन्छ । यसमा भएको पदार्थ एक विशेष मानवकोष ‘शुक्रकीट’ बाँच्न सकोस् भनेर संरचना गरिएको हुन्छ, त्यसैले मानवकोषलाई हानि गर्ने किसिमको कुनै पदार्थ यसमा हुँदैन । अर्को कुरा, हाम्रो सुरुवात नै वीर्यमा रहेको कुनै एक शुक्रकीटवाट भएको हो र आधाजसो वंशाणु हामीले त्यसबाट नै पाएका छौं । वीर्य निलिएपछि आमाशय (पेट) मा पुग्छ र त्यहाँको पाचनरस -एसिड) मा शुक्रकीटहरू मर्छन् अनि अन्य पदार्थका साथै त्यसलाई पनि मानिसले पचाउँछ । कसैकसैलाई धारणागत भिन्नताका कारणले वीर्य मुखमा परेको मन नपर्न सक्छ । कसैलाई यसको स्वाद वा गन्ध मन पर्दैन । त्यसो हुँदा वाकवाक लाग्ने हुन सक्छ, तर यहाँ तपाईंकी श्रीमतीलाई त्यस्तो कुनै कुरा भएको तपाईंको प्रश्नमा देखिँदैन । तपाइर्ंले खाने कतिपय कुराले वीर्यको स्वादमा केही परिवर्तन ल्याउन सक्छ ।
उदाहरणका लागि कफी वा रक्सीको सेवनले यसमा तीतोपन बढी हुन्छ भने भुइँकटहर, आँप, किबी, काँक्रो, पार्सलेजस्ता वस्तुले गन्ध राम्रो बनाउँछ । एचआईभी तथा यौन रोग सर्ने सन्दर्भमा वीर्यपानको कुरा पनि निकै उठ्ने गरेको पाइन्छ । तपाईंमा कुनै यस्तै यौनरोग छ भने लिङ्ग योनि मैथुनमा जस्तै शरीरबाट निस्कने तरल पदार्थको सम्पर्कमा आउँदा रोगसमेत सर्ने सम्भावना हुन्छ । माथि उल्लेख गरिएका कुराको अध्ययन गरिसकेपछि यो विषयमा अनावश्यक रूपमा चिन्ता लिनु मनासिब छैन ।
Loading...