Latest Updates :

दाहसंस्कारकाेलागि ठिक्क पारेकाे बालिकाकाे शव एकाएक प्रहरीले उठायाे :धरानमा काम गर्न बसेकि बालिकाकाे बलात्कारपछि हत्या गरेकाे अाराेप।

SHARE THIS POST :
सुनसरी । सुनसरीकाे धरान १६जोरसखुवास्थित धर्मपुत्रीकाे रूपमा पालिएकी १३ बर्षीया एक बालिकाकाे रहस्यमय मृत्यु भएपछि तिन दिन यता बालिकाकाे हत्या भएकाे भन्दै धरानबासीहरू अान्दाेलनमा उत्रेका छन । जोरसखुवा छेउ बस्ने बलिमान राई र पदमकुमारी राईले धर्मपुत्रीको रुपमा पालेकी १३ बर्षिया बालिका अनुसा राईकाे साेमबार राती रहस्यमय मृत्यु भएपछि अाफन्त तथा धरानवासिहरूले बालिकाकाे हत्या भएकाे भन्दै अान्दाेलनमा उत्रेका हुन ।
घटनाकाे सत्य तथ्य छानविन गरी दाेषीलार्इ कडा भन्दा कडा कार्वाहीकाे माग गर्दै बालिकाका अाफन्तहरूले तिन दिन देखी प्रहरी प्रसाशन र जोरसखुवास्थित बलिमान राई र पदमकुमारी राईबिरूद्ध प्रदर्शन गर्न थालेका छन । स्थानीयहरूका अनुसार बालिकालार्इ गाउलेकाे अघि मेराे छाेरी भन्ने गरेपनि रार्इद्वयले साझमा निर्घाट कुटपिट गर्ने र त्यसैकाे यातना खप्न नसकेर बालिकाले बिष सेवन गरेकाे हुने सक्ने अनुमान लगाउदै अाएका छन ।
सदै बिहान देखिने बालिका मंगलबार बिहान नदेखिएपछि छिमेकीहरूले साे बालिकाकाे खाेजी र चासाे लिन सुरू गरेका थिए तर एकाएक बालिकाकाे मृत्यु भैसकेकाे र अन्तिम संस्कारकाेलागि काठकाे बाकस बनाएर घाटतर्फ लैजान लागेकाे थहाँ भएपछि अाफन्त एवम स्थानीयहरूले प्रहरीलार्इ खबर गरेका थिए ।
स्थानिय सियोन स्कुलको कक्षा तिनमा पढ्दै अाएकी बालिकाकाे अन्तिम संस्कारकाे लागि तयारी गर्दागर्दै राेकेर शवलार्इ प्रहरीले नियन्त्रणमा लिएर छानविन अघी बढाएकाे  । बालिकाकाे मृत्यु रहस्यमय नभएकाे उनकाे घर धनी रार्इद्वयले हत्या गरेकाे भन्दै स्थानीय तथा बालिकाकाे अाफन्तहरूले मंगलबार राती रार्इकाे घर समेत ताेडफाेड गरी क्षती पूर्याएका छन ।
यता प्रहरीले घटना सम्बन्धी थप अनुशन्धान अघी बढाएकाे छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले अाराेपित घरधनी बलिमान राई र पदमकुमारी राईलार्इ नियन्त्रणमा लिर्इ अावश्यकिय साेधपुज अघि बढाएकाे र मृतक बालिकाकाे शव पाेष्टमार्टमकाे लागि बिपि प्रतिष्ठानमा राखिएकाे बताएका छन ।
यता मृतक बालिकाका अाफन्त तथा स्थानीय गाउलेहरू घटनाकाे सत्य तथ्य नबाहिरिएसम्म अाफुहरूकाे अान्दाेलन नराेकिने बताउदै अाएका छन । प्रहरीले घटनाकाे गहिरार्इसम्म प्रगेर दाेषिलार्इ कार्वाही गर्नुपर्ने र पिडित पक्षलार्इ उचित क्षतिपूर्ति दिलाइदिनु पर्ने माग गरेका छन । प्रहरीले पनि घटनाकाेबारे अनुशन्धान जारी रहेकाे र दाेषी पत्ता लगार्इ उनिहरूमाथी कडा कार्वाही गर्ने प्रतिवद्धता जनाउदै अाएकाे छ ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger