अर्जेन्टिना, २६ माघ : यो संसार जति विचित्रको छ त्यति नै बढि विचित्रका यहाँका मानिसहरु छन् । यस्तै विचित्रका घटना मध्ये हालसालै अर्जेन्टिनाको राजधानी ब्यूनर्स आयर्समा अचम्मको घटना घटेको छ । समाचार अनुसार त्यहाँका महिलाले आफ्नो शरीरको माथिल्लो भाग खुल्ला राखी सूर्यको दर्शन गर्न पाउनुपर्ने माग गर्दै कपडा खोलेर प्रदर्शन गरेका छन्।
केही समयअघि त्यहाँ नजिकैको समुद्री तटमा वक्षस्थल देखाएर सूर्यस्नान (सनबाथ) गरिरहेका केही महिलालाई प्रहरीले हटाएपछि त्यसको विरोधमा महिलाहरूले अर्धनग्न प्रदर्शन गरेका हुन्। उनीहरूले पूरै लुगा लगाएका महिलाले साथ दिएका थिए।
गत जनवरीमा भएको घटनापछि देशका विभिन्न भागमा ससाना विरोध प्रदर्शन भइरहेका छन्। सार्वजनिक तटहरूमा महिलाले वक्षस्थल देखाउन पाउने कि नपाउने भन्ने विषयमा अर्जेन्टिनाको कानून प्रस्ट छैन। अश्लील प्रदर्शन गर्न नपाइने सम्बन्धी एक कानूनको हवाला दिँदै प्रहरीले महिलाहरूलाई तटबाट हटाउनुलाई जायज ठह-याएको छ।
तर एकजना न्यायाधीशले वक्षस्थल देखाउनु कुनै अपराध नभएको भनी रुलिङ गरेका थिए । लोग्नेमान्छेले जस्तै छाती नांगै पारेर सूर्यस्नान गर्न पाउनुपर्ने तर्क गर्दै महिलाहरूले शरीरमा अनेकथरी नारा पोतेर विरोध गरे । एक महिलाले नांगो ढाडमा ‘म स्वतन्त्र छु’ लेखेर प्रदर्शन गरेकी थिइन्।
तटमा भएको घटनाले अर्जेन्टिनामा महिला र पुरुषका बीच गरिने विभेदलाई प्रस्ट पारेको विरोधकर्ताहरू बताउँछन् । विरोध प्रदर्शन हेर्न थुप्रै पुरुषहरू पनि पुगेका थिए तर महिला प्रदर्शनकारीहरूले तिनीहरूलाई ‘भाग् भाग्’ भन्दै नारा लगाए।
Loading...