Latest Updates :

भारतमा भएका नेपाली गोर्खा रेजिमेन्टका आर्मीले मोदीलाई नटेरी नेपाली गित हामि बिर गोर्खाली कसैसंग नझुक्ने बिर नेपाली लगाएर आफ्नो ब्यारेग भित्र यसरि छमछमी नाच्दै ,

SHARE THIS POST :
नेपाल भारत सिमानामा भारतीय SSB ले नेपाली मारेपछि नेपाली गोर्खा रेजिमेन्टका आर्मीले मोदीलाईपनि टेरेनन देखाए यस्तो चर्तिकला मोदी हेरेको हेरइ।ल हेर्नुहोस सोहि भिडियो!!!! 
कसैको  नझुक्ने  हामी बीर गोर्खाली
गोर्खा राइफलमा कार्यरत रमेश बहादुर थापा र विष्णु राना यस्ता पात्र हुन जसले भारतीय सेनामा रहेर बिशेष गरी माउन्टेनिङ्गको क्षेत्रमा सफलता हासिल गर्न सफल भएका छन् । सफलता सँगसँगै उनीहरु आफ्नो देशको नाम राख्न पाएकोमा खुशी देखिन्छन् । पछिल्लो समय माउन्टेनिङकै क्रममा नेपाल आइपुगेका यी दुइ बीर गोर्खाली पूत्रहरु आफुले नेपालमै बसेर देशको  सेवा गर्न नपाएपनि आफ्नो देशको इज्जत राख्न पाएकोमा गौरवान्वित छन् ।

यी दुई मध्ये एभरेष्ट म्याराथुनका गोल्ड मेडलिस्ट बिष्णु राना भन्छन् जहाँ गएपनि नेपाली हुँ भन्दा गौरव लाग्दो रहेछ । विश्वविख्यात कार्गिल ब्याटल स्कुलमा प्रशिक्षकको रुपमा कार्यरत रमेश बहादुर थापा र विष्णु राना यतिखेर भारत सरकारको ठूलो जिम्मेवारी लिएर नेपालमा माउन्टेन क्लाइम्विङका लागि ठूलो टिम लिएर आएका छन् । भारतका ६००० माथिका माउन्टेनको सफल आरोहण गरेका रमेश बहादुर थापाले  सन् २०१३ को एभ्रेष्ट एक्सपीडीसन मार्फत १९ जनाको टोलीका साथ सफलतापूर्वक आरोहण गरिसकेका छन । यसपटक दुवैको नेतृत्वमा २५ जनाको टोली सहित नेपाल आइसकेका छन् ।

यति ठुलो जिम्मेवारी दुई दुई पटक आफुहरुले पाएकोमा खुशी देखिन्छन, यी यूवा जसको शरिरमा नेपाल आमाको रगत बगिरहेको छ । हाल भारतमा ५० देखि ५५ हजार को हाराहारीमा नेपालीहरु गोर्खा रेजिमेन्टमा कार्यरत छन् । १५ लाखभन्दा बढी भारतीय सेना रहेका छन यत्रो ठूलो सम्हबाट हजारौ प्रशिक्षक चुनिन्छन त्यसमा पनि माउन्ट एभरेष्ट आरोहण टोलीको प्रशिक्षकमा चुनिदा उनीहरु भित्र देखिएको खुशी कुनै शव्दमा वयान गरि साध्य नै छैन । यो उनीहरुको लागि मात्र होइन हामी सबै नेपालीहरुको लागि गौरवको कुरा पनि हो । भारतीय सेनामा काम गर्दा विभिन्न रेस्क्युहरु सफलतापूर्वक पुरा गरेको मानिसहरु बचाएको सम्झना गर्दै यिनीहरु भन्छन त्यतिखेर हामी नेपाली हौ भनेर भन्न पाउदाको आनन्द नै वेग्लै हुँदो रहेछ ।


   विगत दुई वर्षदेखि उनीहरुले नै प्रशिक्षण  गर्दै आएको २५ जनाको टिम  लिएर यिनीहरु माउन्टेन क्लाइवीङ्गमा नेपाल आएका छन् । जसमा १० जना कलेजका विद्यार्थीहरु रहेका छन् भने अन्य भारतीय सेनाबाट रहेका छन् । उनीहरु अप्रिल ४ तारिखका दिन काठमाडौं जिरी हँदै १७ दिनको ट्रेकिङ यात्राबाटै सगरमाथा वेस क्यामम्पा पुग्ने योजना रहेको छ । लिडर कर्नल गौरव कार्कीको नेतृत्वमा रहेको यस टिमको माउन्टेन क्लाइवीङ्ग सम्पूर्ण प्रशिक्षण एवं नेतृत्व यी दुई जवानले लिनेछन् ।

एनसिसिका विद्यार्थीहरुलाई प्रशिक्षण गरेर – २०१३ मा एनसिसि फस्ट एभरेष्ट एक्सपिडिसन भएको थियो जसमा पुरुषको सहभागिता थियो । अहिले  एनसिसि लेडिज एक्सपिडिसन हुन लागेको छ जसका लागि १५०० जना केटीहरुबाट छोनेर १० जनासम्म ल्याउदा छनोट प्रक्रियादेखि सबै यी दुवै युवाले गरेका हुन् । कार्गिल ब्याटल स्कूलमा माउन्टेनिङ्गको तालिम लिएका १० जना महिला क्याडेट,  जना महिलाप्रशिक्षक र अन्य सैनिक जवान सहित भारत कै इतिहासमा एनसिसि गल्र्सहरुको पहिलो एक्सपिडिसनमा जिम्मेवारी दिएकोमा आभारी हुँदै कुनै पनि हालतमा आफ्नो जिम्मेवारी सहि ढंगले पुरा गर्ने  प्रण गर्छन यी यूवा । उनीहरुलाई एक कार्यक्रमका बीच भारतीय राजदुतावासले समेत स्वागत गरेको छ ।

गोर्खा रेजिमेन्टबाट आएका यी दुई दुई जना प्रशिक्षक  मध्ये ४/३ गोर्खा राइफलमा कार्यरत रमेश ब. थापाले भारतमा माउन्टेनिङ्ग क्षत्रमा सफलतापूर्वक सिकेर , माउन्टेनिङ्गको ज्ञान हासिल गरेर विश्वमा प्रख्यात स्कूल कार्गिल ब्याटल स्कूलमा  पशिक्षकको रुपमा २ वर्ष काम गरेर निरन्तर लागिरहेका छन् ।  भारत सरकारको नेतृत्वमा नेशनल क्याडेट कोर्फलाई २०१३ मा पहिलो पटक एभरेष्ट एक्सपिडिसन (आरोहण)मा ल्याउनुका साथै १९ जनाको (२०१३) मा सफलतापूर्वक सम्पन्न भएपछि २०१६ मा पनि यिनीहरुलाई नै चुनियो ।

प्रशिक्षक बिष्णु राना भन्छन्– ४ वटा कोर्ष पुरा गर्यौ,७५०० मिटर माथिबाट बिरामी परेको क्याडेटलाई सकुशल रुपमा ल्याइयो । त्यो घटना हामी कहिले बिर्सिन्नौ । साहाशीको रुपमा भारतीय सरकारले हामीलाई प्रशंसा पत्र दिएका थिए । भारतकै  ६ हजार मिटर भन्दा माथिका माउन्ट कामिड , माउन्ट त्रिशुल लगायतका हिमाल  चढाएर सेलेक्शन गरेर मात्र माउन्ट एभरेष्ट चढाउन टिम ल्याइएको उनीहरु बताउछन् । एउटा साधारण फौजीको रुपमा मात्र नभएर माउन्टेनिङ्गको क्षेत्रमा साहशिका साथ काम गरेका उदाहरण बनेका छन यी दुइ पात्र । ८००० भन्दा माथिको हिमाल भारतमा एउटा पनि छैन त्यसका लागि नेपाल नै आउनुपर्छ । ८००० चढेपछि उनीहरुको सिधै प्रमोशन समेत हुने व्यवस्था रहेको बताउदछन्  ।

विष्णु राना तनहुँ घरभइ ५/१ गोर्खा राइफल भारतमा  १६ वर्षदेखि  काम गरेका यिनले १६ वर्षमा १२ वर्ष माउन्टेनिङकै क्षेत्रमा बिताइसकेका छन् ।  २०१३ मा नेपाल आर्मी र इन्डियन आर्मीको संयुक्त आरोहण थियो । त्यतिखेर यिनी नेपाल आएका थिए । यिनले त्यतिखेर एभरेष्ट म्याराथनमा फस्ट रेकर्ड गरेर गोल्ड मेडल जितेका थिए । उनी भन्छन – मेरो देशमा जन्म लिएर मेरै नेपालमा केही गर्न नसके पनि नेपाली हुँ भनेर सारा विश्वलाई चिनाउने मौका पाएकोमा खुशी छ । मलाई  म्याराथनको रेकर्डिस्टको रुपमा भारतभर चिन्छन् । १४–१५ लाख आर्मीबाट चुनिनु हजारौ प्रशिक्षकहरुबाट पनि नेपालको सगरमाथा आरोहणको नेतृत्व पाउनु सानोतिनो कुरा पक्कै होइन  । यी दुई यूवा जति आफ्नो काम,लगनशिलता र  मेहनत प्रति गौरव गर्छन त्यो भन्दा बढी गौरव आफ्नो देश नेपालसँग गर्छन । आज हाम्रो देश नेपाललाई यस्तै बीर गोर्खाली पूत्रहरुको खाँचो रहेको छ ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger