चितवन । नारायणी नदीमा हामफालेका भनिएका मोरङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नारायणी नदीको पुलको बिच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ का ३१ वर्षे तिलकप्रसाद लिम्बूलाई प्रहरीले भरतपुर उपमहानगरपालिका– १० चितवन मेडिकल कलेज नजिकबाट आइतबार साँझ पक्राउ गरेको वडा प्रहरी कार्यालय नारायणीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँलाई नियन्त्रणमा लिई कारबाही प्रकृया अघि बढाएको थापाले बताउनुभयो । लिम्बूले श्रीमतीलाई वियोगान्त पत्र लेखेर गए राति नारायणी नदीको पुलको बीच भागमा छाडेका थिए । प्रहरी निरीक्षक थापाका अनुसार पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ ।
पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको थियो । आज बिहान पत्र र ती सामग्री फेला परेपछि प्रहरीले दिनभर उहाँको खोजी गरेको थियो । – रासस

Loading...