Latest Updates :

सुनकोसीमा गाडी खस्यो, १० जनाको मृत्यु ! हार्दिक श्रद्धाञ्जली (RIP) ब्यक्त गर्नुहोस

SHARE THIS POST :

हार्दिक श्रद्धाञ्जली (RIP)  तथा धाइतेहरु प्रती नयाँ जीवन पाएकोमा बधाइ तथा स्वास्थ लाभको कामना ।।

सिन्धुली- काठमाडौंबाट हलेसी तर्फ जाँदै गरेको स्कारपियो गाडी सुनकोसीमा खस्दा चालक सहित ७ जनाको घट्नास्थलमै मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको रत्नावती गाविस ३ सोखुखोला नजिक सडकबाट सुनकोसीमा खस्दा ४ जना पुरुष र ३ जना महिलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बा १२ प ८८९७ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई सडकबाट सुनकोसीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर निर्मल पनेरुले जानकारी दिए।दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङगकटट् ६ का ५० बर्षिय साङगदोर्जे शेर्पा, सोही स्थान ७ का ५७ बर्षिय बाले शेर्पा, बर्ष ५० की बिवुती शेर्पा, बर्ष ५० कै सर्किनी शेर्पा, गाडी चालक लमजुङ सानिभन्ज्याङ अन्दाजी ४० बर्षका झपटबहादुर गुरुङ काठमाडौं महानगरपालिका स्वायम्भु गोल्ढुङकी ६० बर्षिय टुकुली शेर्पा र सनाखत हुन नसकेका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पनेरुले जानकारी दिए।  उनका अनुसार एक जना भने अझै बेपत्ता छन्। गाडीमा ९ जना रहेको र ७ जनाको घट्स्थलमै मृत्यु भएको थियो भने घाइते रहेका १ जनाको उपचारार्थ काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमाशंकर पञ्जियारले जानकारी दिए। सिन्धुलीपाल्चोक फुल्पिङ्गकट्टी वडा नं.–६ का ५० बर्षिय दाल्मु शेर्पा घाइते छन् भने सिन्धुलीपाल्चोक फुल्पिङ्गकट्टी वडा नं.–६ का ४५ बर्षिय दानुर्ब शेर्पा बेपत्ता रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय खुर्कोट, जिल्ला प्रहरी कार्यालयसहितको टोलिले उद्दार गरेको प्रहरीले जनाएको छ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger