ठमेलमा डान्स बारको नाममा यसरी नांगो डान्स हुदो रहेछ हेर्नुहोस भिडियो सहित।
स्टेजमा रंगीबिरंगी बत्ती बलिरहेको छ । साथमा चर्को आवाजमा गीत बजिरहेको छ, ‘छुनलाई होइन, हेर्नलाई पाइन्छ, उध्रेको छ यो चोली, त्यै पनि लाइन्छ…’ । त्यही गीतको हाउभाउमा नाचिरहेकी छिन्, कविता -नाम परिवर्तन) । केही क्षणमा गीत सकिन्छ । तर, बत्ती निभ्दैन । तुरुन्तै सुरु हुन्छ नयाँ हिन्दी गीत, ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए..’ । तर, कविताको ठाउँमा अर्कै एक युवती स्टेजमा देखापरिसकेकी छिन् । कविता फ्लोरमा बसेका ग्राहकनजिक जान्छिन् र चर्को गीतको आवाजका कारण ग्राहकको कानैमा गएर सोध्छिन्, ‘दाइ, के ल्याउ“, मलाई जुस त खुवाउने होला नि ?’ ‘होइन केको जुस, तिमीलाई त म ज्यानै दिन तयार छु नि, कम्ताकी राम्री छौ तिमी,’ उत्तर पूरा हुँदा नहुँदै कवितालाई अर्को टेबलमा जाने हतार भइसकेको छ । अर्को टेबलमा पनि उनको त्यही प्रश्न ।
Loading...
