Latest Updates :

मुख मैथुनले कत्तिको हानी गर्छ ? मुख–मैथुनका सकारात्मक र नकारात्मक पक्ष के–के ? यो विधिका सकारात्मक तथा नकारात्मक पक्ष के–के छन् ?

SHARE THIS POST :
मुख मैथुनले कत्तिको हानी गर्छ ? मुख–मैथुनका सकारात्मक र नकारात्मक पक्ष के–के ? यो विधिका सकारात्मक तथा नकारात्मक पक्ष के–के छन् ?



विवाह भएको ६ वर्षपछि मात्र मुख–मैथुनका बारेमा थाहा भयो । यस विषयमा मैले श्रीमतीसँग खुलेर कुराकानी गरेपछि हामीले त्यसको प्रयोग पनि गर्‍यौं । मेरी श्रीमती पनि यो विधिमा रमाएकी छिन् तर उनी सकेसम्म यस्तो विधि अपनाउन नहुने बताउँछिन् । फलस्वरूप हामीबीच यौनसम्र्पक नै पनि कम हुन थालेको छ । तपाईंको समस्यामा जानुभन्दा अघि मुख–मैथुनका बारेमा केही जानकारी गराऔं । मानव जीवनमा यौनको ठूलो महत्व छ । यौनका लागि युवा नै हुन जरुरी छैन । बूढाबूढीहरू पनि यसबाट पर्याप्त आनन्दित हुन्छन् । यौनबाट आनन्द लिने विभिन्न विधि छन् र त्यसमा मुख–मैथुनलाई पनि मानिसले एउटा महत्वपूर्ण विधिका रूपमा प्रयोग गर्दै आएका छन् । मान्छेले मात्र होइन, पशुले पनि यो विधि प्रयोगमा ल्याई चरम आनन्द लिएको अध्ययनहरूले देखाएका छन् । मुख–मैथुन पश्चिमा देशहरूमा बढी प्रचलित छ । कतिपय देशमा यसलाई गैरकानुनी मानिन्छ । करिब मध्ययुगदेखि नै यसको सुरुवात भएको मानिए पनि बीसौं शताब्दीतिर पोर्नोग्राफीको विकासका कारण यसले छिट्टै व्यापकता पाएको छ । अध्ययनहरूले देखाएअनुसार, बूढापाका पुरुषले महिलाको तुलनामा बढी मुख–मैथुन गर्ने गरेका छन् । २० देखि २४ वर्ष उमेर समूहमा ५५ प्रतिशत पुरुषले महिलालाई मुख–मैथुन गरेका छन् भने ३० देखि ३९ वर्षका उमेर समूहमा ६९ प्रतिशत पुरुषले महिलालाई मुख–मैथुन गरेका छन् । अध्ययनहरूले भनेका छन्— मुख–मैथुनले महिलाहरूलाई डिप्रेसनबाट जोगाउन मद्दत गर्छ । यसले दुवैजना बीचको सामिप्यता र माया अझ प्रगाढ हुन्छ । यो विधिमा मुखको स्वास्थ्यको अत्यन्तै ख्याल गर्नुपर्ने हुन्छ भने यौनांगको सरसफाइको ख्याल पनि अन्य विधिमा जत्तिकै महत्वपूर्ण पक्ष हुन्छ । त्यसैले यौनका लागि स्वस्थ र तन्दुरुस्त शरीर जति जरुरी छ, शारीरिक स्वास्थ्य पनि त्यत्तिकै अपरिहार्य छ, विशेष गरी मुख र यौनांगको सरसफाइ । अब तपाईको प्रश्नतर्फ आउँ । यौन सन्तुष्टि लिन एकतर्फी प्रयास वा एकतर्फी इच्छा तथा चाहना मात्रले हुँदैन । यसका लागि रमाइलोसँग दुवै जनाले समानस्तरको आनन्द महसुस गर्न सक्नुपर्छ । दुवै समानस्तरको फोरप्लेमा सहभागी हुनुपर्छ । माया, स्नेह, स्याहार चाकर, फोरप्लेजस्ता गतिविधिमा पूरै नडुब्दासम्म जुनसुकै बिधिबाट पनि यौनमा चाहेअनुसारको भरपूर आनन्द लिन सम्भव छैन । त्यसैले पहिलो र महत्वपूर्ण पक्ष भनेको तपार्इंहरू दुवै जना एक–अर्कामा लीन हुनैपर्छ । दुवै जना एक–अर्काप्रति समर्पित हुनैपर्छ । एकजनाले मात्र आनन्द लिए त्यो स्वार्थीपन हुन्छ । स्वार्थीपन यौन आनन्दको शत्रु हो । तपाईंको प्रश्न वाट तपाईंहरू दुईबीच यो विषयलाई लिएर हाल कुरा नभएको हो कि जस्तो देखिन्छ । हुन सक्छ श्रीमतीको इच्छाका सम्बन्धमा खुलेर कुरा नगरेकाले तपाईंकी श्रीमतीलाई केही असजिलो महसुस भएको हुनसक्छ । यो पक्षमा थोरैमात्र ध्यान दिए पनि तपाईंको समस्या ठूलो नबन्न सक्छ । यो विधिलाई श्रीमतीले इन्कार गरेकोमा भने आश्चर्य मान्नुपर्छ र कारण पत्ता लगाउन जरुरी छ । यसमा श्रीमान् र श्रीमतीबीचको कुराकानी, आफ्ना चाहना अभिव्यक्त गर्ने तौरतरिका, आफूलाई लागेको रमाइलो पक्ष आदिका बारेमा खुला दिलले श्रीमतीसँग कुरा गरे यो समस्या त्यति ठूलो हो जस्तो लाग्दैन । मुख मैथुनले कत्तिको हानी गर्छ – डा. राजेन्द्र भद्रा मेरो उमेर २५ वर्ष भयो । म आफ्नी श्रीमतीसँग यौनसम्पर्कका साथसाथै मुख मैथुन पनि गर्छु । योनिबाट आएको पानीले कुनै रोग लाग्छ कि लाग्दैन ? ७६३४ तपाईंहरूबीच खुलेर यौनसम्पर्क हुने बुझिन्छ र आशा गर्छु, तपाईंहरूले सुखी यौनजीवन बिताइरहनुभएको छ । मुख मैथुन के हो ? शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला ! एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याई गरिने यौन क्रियाकलापलाई नै मुख मैथुन अर्थात Oral Sex भनिन्छ । कतिपयले यसलाई पनि एक किसिमको यौनसम्पर्क नै मान्छन् । त्यस अर्थमा तपाईंले योनि–लिङ्ग मैथुनका साथै मुख मैथुन पनि गर्नुभएको बुझिन्छ । कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक । मुख मैथुनबाट यौनआनन्द प्राप्त गर्न रुचाउने व्यक्ति वा जोडीहरू प्रशस्तै छन् । यसको चलन अहिले मात्र आएको होइन भन्ने कुरा कामसूत्रमा ऋषि वात्सायनले पनि मुख मैथुनका बारेमा गरेको वर्णनले पुष्टि गर्छ । ऋषि वात्सायनले मुख मैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन् । ती हुन्, निमित्त (हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट (लिङ्ग अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश (लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्त:सन्देश (बहि सन्देशभन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक (ओठमा चुम्बन लिएजस्तै चुम्बन लिने), परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक (लिङ्गलाई मुखभित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर (लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने) । वास्तवमा मुख मैथुनभन्दा १. लिङ्ग–मुख मैथुन (Fallatio), २. योनि–मुख मैथुन (Cunnilingus) ३. गुद्द्वार–मुख मैथुन (Anilingus) सबै मुख मैथुनको प्रकारलाई बुझ्नुपर्छ । लिङ्ग–मुख मैथुन तथा गुद्द्वार–मुख मैथुन पुरुष–पुरुष तथा पुरुष–महिलाका बीच हुनसक्छ भने योनि मुख मैथुन पुरुष–महिला तथा महिला–महिलाका बीचमा हुनसक्छ । तपाईंहरूबीच योनि–मुख मैथुन हुन्छ भन्ने कुरा त स्पष्ट नै छ, तर अन्य किसिमको मुख मैथुन हुन्छ कि हुँदैन भन्ने कुरा स्पष्ट छैन । योनिरस कसरी आउँछ ? हामी सबैलाई थाहा भएकै कुरा हो कि यौन उत्तेजना भए पनि महिलाको योनिबाट रस आउँछ, जसलाई हामी योनि रस भन्छौं जसको काम यौनसम्पर्कलाई सहज बनाउने हो । योनिरस कसरी आउँछ त ? योनि एक नली आकारको एकदमै तन्कन सक्ने तन्तुले बनेको अङ्ग हो । यसको भित्री तह श्लेष्म युक्त हुन्छ । त्यसैले स्वभाविक अवस्थामा पनि यो एक किसिमले भिजेको अवस्थामै हुन्छ । यसरी भिजेको अवस्थामा हुने भए पनि सामान्यत: थाहा हुने गरेर योनिमा भएको रस बाहिर आउँदैन । यौन उत्तेजनाका बेलामा भने अत्यधिक रस आउँछ र बाहिरसम्म पनि आउँछ । यौन उत्तेजना हुन थालेपछि रगतको प्रवाह कटी प्रदेशमा त्यसमा पनि भगक्षेत्र र योनिमा बढी हुन थाल्छ । यसको वरिपरि प्रशस्त मात्रामा रक्तनसाहरू हुन्छन् । यौन उत्तेजनाका बेला यी रक्तनसाहरूमा रगतको बहाब बढ्न जान्छ । योनिमा रस निकाल्ने विशेष ग्रन्थिहरू भने हुँदैनन् तर यसको भित्ताबाट नै रसाएर आउँछ । सुरुमा उक्त रस योनिको भित्र तिर मात्र रहे पनि निकै निस्किए योनिद्वारभन्दा बाहिरतिर पनि आउँछ । योनिरस कति मात्रा निस्कन्छ भन्ने कुरा यौन उत्तेजनाको स्तरमा भर पर्छ भने कतिपय स्थितिमा यो व्यक्ति अनुसार पनि हुन्छ । अब बुझ्नुभयो होला, महिलाको शरीरभित्रैबाट योनिको भित्ताबाट रसाएर आएको हो । योनिरस शरीरक्रियाका क्रममा निस्किएको काम नलाग्ने वा हानिकारक कुरा होइन । योनि रस चाट्दा हानि गर्छ कि ? मुख मैथुनजस्ता यौन क्रियाकलाप स्वस्थकर हो–होइन वा पछि कुनै हानि गर्छ कि भन्ने शंका धेरैमा पाइन्छ । योनि–मैथुनमा भने त्यस्तो चिन्ता पाइँदैन । वास्तविकता के हो भने सामान्य रूपमा दुई स्वस्थ व्यक्ति अर्थात् यौनरोग नभएका व्यक्तिहरूका बीचमा मात्र यौनसम्पर्क हुँदा यौनरोग लाग्ने कुरा हुँदैन । त्यसैले यसलाई अस्वस्थकर भन्ने कुरै आएन । यस अर्थमा स्वस्थ व्यक्तिहरूका माझ हुने मुख मैथुन सुरक्षित छ । यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन । स्वस्थ व्यक्तिको वीर्य होस् वा योनिरसमा कुनै हानी वा खराबी गर्ने कुरा हुँदैन । त्यसैले यस्तो वीर्य वा योनि रस मुखमा पर्दा वा निलिँदा कुनै हानि पुग्दैन । यदि दुई जना वा कुनै एक जनामा यौनरोग छ भने सर्न सक्छ जुन कुरा लिङ्ग–योनि वा अन्य किसिमको यौन सम्पर्कमा पनि लागू हुन्छ । यदि यौनरोग छ भने राम्रोसँग उपचार गराए पछि वा भनौं निको भए पछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ । यदि यौनसाथीमध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ । सुरक्षित बनाउन मुख मैथुन गर्दा कन्डमको प्रयोग आवश्यक हुन्छ । अहिले यही प्रयोजनका लागि भनेर सुगन्धित कन्डम पनि पाइन्छन् । योनि–मुख मैथुनका लागि डेन्टल ड्याम (रबरको पातलो चारपाटे टुक्रा) को प्रयोगबाट यसलाई सुरक्षित बनाउन सकिन्छ । डेन्टल ड्याम छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ । मुखमा चोटपटक छ भने र वीर्य स्खलन मुखमा भएको स्थितिमा जोखिम बढ्ने हेक्का राख्नुपर्छ । अन्तमा, के भनौं भने यो दुवैको सहमतिमा हुनुपर्छ हो र अन्य यौनक्रियाकलाप जस्तै यौनाङ्ग र मुख दुवैको सरसफाइमा ध्यान दिनुपर्छ । यौनअङ्गहरूको सरसफाइ राम्रोसँग नगरेका कारणले त्यसलाई फोहर अङ्गका रूपमा लिनु मनासिब हुँदैन । साप्ताहिकबाट
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger