Latest Updates :

सुन्दानी अचम्म आफ्नो एक बर्षको छोरा भएको श्रीमती साथीललाइ उपहार दिने कस्तो नेपाली को छोरो रहे see more>>>>

SHARE THIS POST :

सुन्दै अनौठो लाग्यो। बहिनी विमलाले यसो भनी सक्दा-नसक्दै म बेस्सरी हाँसे।
म हाँसेको देखेर उनी पनि हाँसिन्। एकछिनपछि म आधा हाँसे, आधा गम्भीर भएँ। ‘यस्तो पनि हुन्छ? अनि झम्केवीरले मान्यो त?’ मैले सोधें। गाउँभरिमा ताम्बागान्बाहरुले (तामाङ समाजका भद्रभलादमीहरु) भनेपछि दुवै जनाले मान्यो नि।’ उनले भनिन्।पोहर साल महोत्तरीको खयरमारामा हामी दाजुबहिनीबीच भएको सम्वाद हो यो। गाउँबाट काठमाडौं आउँदै गर्दा गाउँको बसपार्कमा संयोगले भेट भएको थियो कल्दुरसँग। उनी बजारमा किनमेल गरेर घर गइरहेका थिए। गाडी छुट्ने समय भइसकेकाले त्यसबेला उनीसँग बोल्न पाइएन।
यसपालि दशैंमा त्यो अनौठो तर उदाहरणीय जोडीसँग भेट्ने चाहना निकै थियो। त्यही चाहाना मेट्न म उनीहरुको घर पुगेँ।
मध्य दशैंको दिन। मानिसहरु आ–आफ्नै काममा व्यस्त थिए। पर्वमय भएको थियो गाउँ।

दशैं भित्रिएको संकेत बच्चाबच्चीको नयाँ नाना र आगनमा सुकाएको सुकुटीको दृश्यले दिइरहेको थियो। ती सबै दृश्यहरु छिचोल्दे म उनको घर गएँ। बुढुवा खोलाको छेउमा उनको घर। घरमाथि बाँसघारी। छेउमा केराका केही बोटहरु। घरमुनी थोरै धान फल्ने खेत। उनी त्यही खेतमा काम गरिरहेका थिए।
छेउमै थिइन्, उनकी जीवनसंगिनी। घरको वरीपरी ४/५ जना भल्ट्याङभुल्टुङ नानीहरु खेलिरहेका थिए। दशैंको रौनक त्यति थिएन। कामको चटारो देखिन्थ्यो। खेतमा काटेको धान बेस्सरी पानीले झिजाएछ। उनीहरु त्यही धान सम्हाल्न व्यस्त थिए।
मलाई देखेपछि कल्दुर काम छाडेर नजिक आए। ख्याउटे अनुहार। च्यापुमा झुसे दारी पालेका। शिरमा नेपाल प्रहरीको टोपी। रातो टिसर्ट लगाएका। उनी मेरो नजिकै आलीमा

आएर टुक्रुक्क बसे।
पुलिस पनि हो तपाईं? उनी आलीमा बस्दै गर्दा मैले जिस्क्याउँदै सोधेँ। ‘कहाँको पुलिस हुनु, ईट्टाभट्टामा साथीले दिएको।’ उनले हाँस्दै भने। वातावरण केही क्षण हाँसोमय भयो। उनकी श्रीमती धानको कुनिउँ छेउमा अडेस लागेर बच्चालाई स्तनपान गराउन थालिन्। हामी एकअर्कामा गफिन लाग्यौं।
हुन त न श्रीमती उपहार हो, न श्रीमान् त्यसको हकदार नै। तर, समाजको सांस्कृतिक स्तर र आर्थिक सम्बन्धहरुले महिला-पुरुष सम्बन्धलाई अनेक सीमा र सम्बन्धमा बाँधिदिन्छन्। महोत्तरीको खयरमाराका दुई परिवारबीचको सम्बन्ध त्यस्तै छ, सुन्दा कतिलाई अनौठो लाग्न सक्छ, कतिलाई रमाइलो।
हालखबर साटासाटपछि मैले उनीसँग भेट्न आउनुको उद्देश्य बताएँ। उनी अलि लजाए। हाम्रो कुरा सुनेर उनीकी श्रीमती पनि हाँसिन्। ‘पाङ्नुन तोबोम् सम्धी?’ (भन्नै पर्ने हो र सम्धी) केहीबेर हाँस्दै लजाएर उनले तामाङ भाषामै सोधे
प्रायः कुटुम्ब पर्नेसँग पनि सम्धी भन्ने चलन हुन्छ तामाङमा। उनले त्यही सुविधा प्रयोग गर्दै मलाई भने। मैले उनलाई कुनै नकारात्मक समाचार नबनाउने, बरु उदाहरणीय कार्यलाई सकारात्मक ढंगले उजागर गर्ने भन्दै आश्वस्त पारेँ।
निकैबेर गमेपछि तामाङ भाषामै सुरु गरे उनले आफ्नो जीवन-कहानी।
यसरी भए सोमबहादुरबाट कल्दुर
उनका बाउबाजेसँग मधेसको झाडी फँडानी गर्ने बेला पचासौं बिगाहा जमिन रहेछ। उनको बुवाको पालासम्म पनि उनी २५/३० बिघाका मालिक रहेछन्।

सिन्धुलीसहित पहाडी भूभागबाट मधेसमा बसाइँ सरेकामध्ये कतिपयले उनको बुवालाई भेटे। उनीहरुलाई इमान्दार र सोझो उनको बुवाले कति जमिन त्यतिकै दिए। कतिले मित लगाउँदै हडपे। ‘एक बटुका जाँडमा एक बिघा जमिन पनि दिनु भयो रे आपाले।’ उनले मसिनो स्वरमा सुनाए।
जाँडरक्सी कुलतमा कल्दुरका बुवा फँस्दै गए। अन्तिममा कल्दुरसँग न बुवा नै बाँकी रह्यो, न कुनै जमिन। उनलाई बिमारी आमाले समेत सानैमा छाडेर कहिल्यै नआउने गरी गइन। घरबारीसमेत बाँकी रहेन। यसरी उनी एक्लो, बिलकुल एक्लो भए। एक्लो भएपछि उनको नाम सोमबहादुर डिम्डोङबाट कल्दुरमा फेरियो।
त्यसपछि उनी कहिले बाटो खन्न ताप्लेजुङ पुगे, कहिले ढुङ्गामा जाली भर्न सिराहा।
एकदिन गाउँमा इँटाभट्टामा राम्रो कमाइ हुने हल्ला चल्यो। दशैंतिहारपछि घरमा ताला लाग्न थाल्यो। बालबच्चा च्यापेर नाइट बस चढी, काठमाडौं पुग्नेको ताँती बाक्लो हुँदै गयो। त्यही ताँतीमा पछि लागेर कल्दुर ६५ सालमा काठमाडौं आइपुगे।
उनी आँखा मिच्दै कलंकी ओर्लिए। उज्यालो हुँदानहुँदै ठेकेदारले उनलाई पुर्‍यायो, भक्तपुरको इँटाभट्टामा। पुस माघको जाडोमा बिहान ४ बजे उठेर माटो मुछ्नु, घामको व्यग्र प्रतीक्षा गरेर दिन बिताउनु, बेलुकी काँचो इँट्टाले बनेको छाप्रोमा बस्नु उनको दिनचर्या हुन थाल्यो। ‘एउटा इँट्टा बनाको आठ आना दिन्थ्यो।’ आलीमुनि पिच्च थुक्दै उनले सुनाए।
छ महिना त्यतिकै इँट्टाभट्टामा बित्यो उनको दिन। चैत्र बैशाख लागेपछि मानिसहरु खेतीपाती गर्न घर फर्केन्थे। तर, उनको न घर थियो, न कुनै खेतबारी। परिवार थिएन। अरु घरतिर लाग्थे, उनी भने कुल्ली काम खोज्नतिर लाग्थे। यसरी उनका वर्षहरु बित्न थाले।
इँटाभट्टामै पर्‍यो लभ
इँटाभट्टामा काम गर्दागर्दै उनको एउटी केटीसँग आँखा जुध्यो। उनको नाम रहेछ मंगलीमाया स्याङ्बो।

कसैको श्रीमती पो हो कि?

उनले सुरुमा शंका गरे। तर पछि जब मन मिल्दै गयो, शंकाका घेराहरु मायामा परिणत हुन थाले। भनिन्छ- मायाको कुनै परिधि हुन्न। उनले जसलाई माया गरे, उनी अरु कसैको रहिछिन्। तर, संयोगवश मंगलीमाया श्रीमान छाडेर कल्दुरसँग भाग्न राजी भइन्। पहिलाको श्रीमानबाट कुटाइ मात्रै खानु परेको कल्दुरले बुझ्यो। एक अबला नारीको उद्धार नै हुने सम्झे कल्दुरले। अन्ततः उनले भगाएर ल्याए गाउँ।
गाउँमा आएर आफन्तकोमा बसे। जम्मा गरेको पैसाले चुरेको फेदमा सानो जमिन जोडे। भत्किएको परिवार बनाउने सपना देखेर उनले निकै मेहनत गरे। सानो झुपडी पनि बनाए। थोरै धान फल्ने खेत जोडे। उनीहरुको परिवारमा टुकुटुकु हिँड्ने एउटा सदस्य पनि थपियो।
६ महिना घर, ६ महिना परदेश जानुपर्ने बाध्यताले उनलाई छाडेन। त्यही बाध्यताबाट उनी फेरि इँटाभट्टा आए। चल्दै गयो दिनहरु इँटाभट्टामा। तर, एकदिन कल्दुरको जीवनमा फेरि अर्को मोड आइपुग्यो।
जारी नतिरी ल्याए अर्की
उनी इँटाभट्टामै व्यस्त थिए। श्रीमती गाउँमा। आफू सहरमा। पारा मिलेन कल्दुरको। ‘के गर्नु त्यस्तै गर्छु भनेर त होइन, तर गर्दै आउँदा त्यसै भयो।’ उनले लजाउँदै तामाङ भाषामा सुनाए।
काम गर्दागर्दै कल्दुर कमला घिसिङसँग नजिक भए। नचाहेरै कल्दुर उनको मायामा फँसे। अन्ततः दोस्री पनि उनीसँग भागेर विवाह गर्न मन्जुर भइन्।
कल्दुरले आँटे। कुरा गर्दागर्दै उनले अहिलेकी श्रीमतीतिर लजाउँदै हेरे। उताबाट श्रीमतीले पनि थोरै हाँसिदिइन्।
बहुविवाह कानुनी रुपमा अवैध हो भन्ने उनलाई थाहा थियो। तर जे पर्लापर्ला भन्दै उनले कम्मर कसे। जति परे पनि जारी तिर्छु भन्दै उनले भगाएर गाउँ ल्याए। तर, उनले जारी भने तिर्नु परेन।

अब कल्दुरको घरमा दुई वटी श्रीमती भइन्। सामान्य ठाकठुक भएपनि खासै झगडाको सामना गर्नु परेन उनले। दुई जना मिलेरै काम गर्न थाले। कल्दुर दुई श्रीमतीको श्रीमान भन्ने एककान दुईकान हुँदै गाउँ भरी हल्ला फैलियो।
यसरी दिइयो श्रीमती
यता झम्केवीर एक्लै थिए। गाउँभरिका मानिसहरुले उनलाई माया गर्थे। उनको पनि जिन्दगी हो। उनको पनि वशं परम्परा चल्नुपर्छ भन्ने गाउँलेहरु सोंच्दथे। त्यही सोचाइ झम्केवीरको जीवनमा वहार बन्यो। लजालु स्वभावका उनको चाहना गाउँका ताम्बा गान्बाले बुझे।                                                                                                                                        झम्केवीरको घर
गाउँका भद्रभलाद्मीले कल्दुरको दुईवटा श्रीमतीमध्ये एउटी झम्केवीरलाई दिए जाति हुने निष्कर्ष निकाले। तर, निर्णय गर्ने अन्तिम जिम्मा उनीहरुकै हातमा छाडिदिए।
अन्ततः भद्रभलादमीको सुझावअनुसार कल्दुरले एउटी श्रीमती झम्केवीरलाई दिने भयो। कान्छी र जेठीमध्ये जेठी चाँहि झम्केवीरलाई दिने कल्दुरले फैसला गरे। ‘किन जेठी नै तपाईंले दिनु भएको त।’ मैले उनको कुरा बीचमै रोकेर सोधेँ। ‘अब त्यस्तै भयो। उनको पनि मन बुझें। उनले हुन्छ भनेपछि मैले दिएँ।’ उनले अलिअलि सरम मान्दै हाँस्दै भने।
कल्दुरले दिने भएपछि गाउँका भद्रभलादमीबीच फेरि छलफल भयो। सामान्य टिकाटालो कार्यक्रम राखेर विवाह गरिदिने गाउँलेहरुले निर्णय गरे। सोही निर्णयअनुसार कल्दुरले झम्केवीरलाई जेठी श्रीमती दिई पठाए।
कल्दुरको अर्को नयाँ मोड
जेठी श्रीमती झम्केवीरलाई दिई पठाएपछि कान्छी श्रीमतीसँग उनी बस्दै थिए। अचानक कल्दुरको जीवनमा फेरि अर्को मोड थपियो। जेठी श्रीमती दिई पठाएको केही समयपछि कान्छीसँग उनको झगडा पर्न थाल्यो। ठाकठुक दिनुहँजसो हुन थाल्यो। हुँदाहुँदै एकदिन साँझ अबेरसम्म कान्छी श्रीमती आइपुगिनन्। रात नै परेपछि उनी खोज्न गाउँतिर गए। तर भेटिएन। अन्ततः कल्दुरले निष्कर्ष निकाले, ‘पक्कै मलाई छाडेर गई।’ हो, कान्छीले छोडेकै रहिछिन्।
‘त्यसपछि तपाईं एक्लै पर्नु भयो?’ मैले हाँस्दै सोधेँ। उनी लजाउँदै एक्लै परेको यथार्थ स्वीकारे।
भोलिपल्टदेखि गाउँमा हल्ला चल्यो। ‘दुईवटामा एउटा श्रीमती दिई पठाउने कल्दुरको एउटा भएको श्रीमती पनि भागिछे। अहिले त कल्दुर एक्लै हाहा।’ उनलाई लोकलाजले पिरोल्यो।
‘दिइसकेको जेठी श्रीमती फेरि फिर्ता माग्ने कुरा भएन। एक्लै भएपछि फेरि अर्को श्रीमती खोज्न हिडें।’ उनले हाँस्दै सुनाए।
नभन्दै उनले अर्की श्रीमती पनि पाए। गाउँभन्दा १० कोश परकी एउटी छोरीकी आमा, अर्काकी श्रीमती कमली मोक्तान भगाएर ल्याए कल्दुरले। हाल कल्दुर त्यही श्रीमतीसँग छन्। ‘समयले त्यस्तै बनायो। धेरे बिहे गर्ने इच्छा त होइन। अब त्यस्तो गर्दिन।’ उनले गम्भीर हुँदै सुनाए।

कथा झम्केवीरको
त्यसपछि म उनीसँग बिदा भएर झम्केवीरको घरतिर लागेँ। झम्केवीरको घर पुग्दा उनी पनि कतैबाट डोको बोकेर आउँदै थिए। उनले घर खरले छाएका थिए। वनमारा र चिर्पटले बेरा लगाएका थिए। दलानमा झुलुङ्गो झुण्डिरहेको थियो।
उनी डोको बिसाएर मेरो छेउ आएर बसे। उनी मख्ख देखिन्थे। धेरै नबोल्ने। मानिसले परबाट हेर्दा उनलाई लाटो भन्छन्। तर उनी हेरेजस्तो लाटो भने छैन।
मैले केही कुरा गर्न खोजेँ। त्यसै त कम बोल्ने उनी मसँग बोल्न अलि हिच्किचाए। पछि बिस्तारै कुराकानी सहज हुँदै गयो।
सिन्धुलीको पाथीपरानबाट ६० सालतिर बुवासँगै मधेस झरे। चुरेको फेदीमा केही जमिन किनेर गुजारा चलाउन थाले। उनको नाम पासाङ मोक्तान भएपनि खै किन हो मधेस झरेपछि उनको परिचय फेरियो।
गाउँभरिको मल बोक्नु, धान बोक्नु, वर्षामा आली ताछ्नु, काठ बोकिदिनु उनको काम हुन थाल्यो। गाउँभरि बनिबुतो गरेर जीविका चलाउनु उनको दैनिकी हुन थाल्यो। कसैले झम्केवीर भनिदिएपछि उनको नामै झम्केवीर हुन गयो।
७ वर्ष अगाडि बुवाको मृत्यु भएपछि उनी एक्लै थिए। दिनभरि गाउँमा गएर अरुको काम गर्नु, बेलुकी आएर खाना बनाएर खानु उनको दिनचर्या थियो। कसैले बिहे नगर्ने भन्दा, ३५ वर्षीय उनी लजाउँदै नगर्ने भन्थे। तर अहिले उनको मुहारमा छुट्टै रौनकता देखिन्छ।
हाल उनीहरुसँग एउटा ३ वर्षे छोरा पनि छ। साथमा कल्दुरपट्टिको एउटी ६ वर्षीया छोरी १ कक्षामा पढ्छिन्।
उनीहरुको घरको दुरी ३ सय मिटर जति मात्र छ। उनीहरु भेट्दा कुराकानी गर्छन्। खासै अप्ठेरो नलाग्ने उनले बताए।

‘यस्तै भो, जीवन चलेकै छ। राम्रो भाको छ। कुनै अप्ठेरो महसुस छैन।’ उनले तामाङ भाषामा सुस्तरी भने।
उनीहरु बिहान बेलुकी निकै पटक आमुनेसामुने भेट्छन्। कल्दुर र झम्केवीरको भेट बाराम्बार हुन्छ। झम्केवीरलाई दिइपठाएको जेठी श्रीमतीसँग कल्दुरको भेट भइरहन्छ। कल्दुरको अहिलेकी श्रीमती र दिइपठाएको श्रीमती बेलाबेलामा मेलापातमासँगै जान्छन्।
बच्चाबच्चीका दुई आमा दुई बाबु
श्रीमती दिएको र लिएको बच्चाबच्चीलाई थाहा हुने कुरा भएन। सामाजिक ‘लेनदेन’सँग बालबालिकाको के मलतब। उनीहरुको हाल दुई आमा दुई बाबु छन्।
उर्मिला कल्दुरको जेठी श्रीमतीपट्टिकी छोरी हुन्। आमालाई झम्केवीरसँग बुवाले विवाह गरिदिएपछि उनी आमासँगै गइन्। आमालाई विवाह गर्ने त अवश्य बुबा नै हुन्छ। उनले आमाको श्रीमानलाई बुवा भन्न थालिन् र बेलुकीकोे खाना त्यही खान्छिन्।
यता आमालाई अर्को बिवाह गरिदिएर बुवाले अर्की आमा ल्याएका छन्। बुवाको श्रीमती निःसन्देह आमा हो। उर्मिलाले यता बुवाको श्रीमतीलाई आमा भन्न थालिन् र बिहानको खाना यता खान्छिन्। यसरी उनी कहिले तल्लोघर खाना खान्छिन्, कहिले माथ्लोघर। उता पनि बुवाआमा, यतापनि आमाबुवा।
म झम्केवीरसँग कुराकानी गरेर बिदा भएँ। अलि तल आइपुगेपछि गाउँका स्थानीय नसिर ब्लोन भेटिए। उनले गाउँ समाजमा सबै दाजुभाइको घरपरिवार मिलाउन त्यसो गरिएको बताए।
‘कसैको एउटै छैन, कोहीसँग दुईदुई वटा किन भनेर दिन लगाइयो। फेरि दिने चाँहि रित्तै भयो हा हा।’ उनले हाँस्दै भने, ‘फेरि उसलाई पनि खोजेर ल्याइयो। अहिले त राम्रो छ।’
म बुढुवा खोलैखोला एक्लै घरतिर आएँ। मनमनै सोचेँ, ‘जीवन भनेको सम्झौता पनि त हो नि। यी दुई जना दुःखी मान्छेले सम्झौता नै सही तर जीवन चलाएकै छन्।’ समाज बिग्रिएको मात्रै छैन। यसरी सामाजिक सहअस्तित्वमा समाज बाँचेको

नेपालमै बन्न थाले यस्तो शर्ट मुभी हैट अब के भन्ने आफै हेर्नुहोस ।
Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger