Latest Updates :

उपचारको क्रममा मलेसियामा एक नेपालिको निधन शेर गारी कमेन्टमा Rip लेखी दिनु होला।

SHARE THIS POST :


मलेसिया /मंसिर १४ रोजगारीका शिलशिलामा मलेसियामा आएका एक नेपालीको क्षयरोग लागेर उपचारका क्रममा मृत्यु भएको छ । सिन्धुपाल्चोक पङाटन का देब दोङ तामाङको सोमबार जोहर स्थित सुल्तान अस्पतालमा मृत्यु भएको छ ।मलेसियाको जोहरमा रहेको बिन्सन कम्पनी मा कार्यरत तामाङ बिरामी भए पछि उपचारका लागी अस्पताल भर्ना गरीएको थियो ।
१० दिन अघि अस्पताल भर्ना भएका उनको सोमबार मृत्यु भएको हो । वैदेशिक रोजगारी का लागी करिब डेढ बर्ष अघि उनि मलेसियाको जोहोर राज्यमा आएका थिए ।उपचारमा कम्पनिले तदरुक्ता नदेखाउदा र उपचार ढिलाइ हुनका कारण दोङको मृत्यु भएको हुन सक्ने र हाल अस्पतालमा रहेको उक्त सब लाई नेपाल कहिले पठाउने वा ब्यक्तिगत रुपमा आफन्तले झिकाउनु पर्ने भन्ने बिसयमा कुनै आधिकारिक जानकारी समेत कम्पनी ले नदिएको जानकारी टेलीफोन मार्फत मृतकका मामा प्रतीक तामाङ ले दिएका हुन।
पछिल्लो समय मलेसियामा नेपाली श्रमिकको मृत्युरद बढ्नुका साथै मृतकका कतिपय शव हरु मलेसियामा कै अस्पतालमा अलपत्र रुपमा रहेको अवस्था छ। यसरी अस्पताल को शवगृहमा रहेका नेपालीको शवहरु लाई नेपाल फर्काउन सरकारले कहिले कदम चाल्ने? जनप्रगतिशिल मञ्च मलेसियाका महासचिव दिप लिम्बू ले सरकारले यस विषयमा गम्भीरता दिनुपर्ने बताए।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger