Latest Updates :

फेरी सिमिकोट विमानस्थलमा मकालु एयरको जहाज दुर्घटना

SHARE THIS POST :


२६ कात्तिक, सिमिकोट । हुम्लाको सिमिकोट विमानस्थलमा शुक्रबार विहान मकालु एयरको कार्गो जहाज दुर्घटना भएको छ । सुर्खेतबाट उडेको नाइन एन एजेजी जहाज अवतरणको क्रममा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेका अनुसार जहाजमा चालक दलका दुई जना सदस्यमात्र थिए र उनीहरु दुबैजना सकुशल छन् ।

अवतरणको क्रममा जहाजबाट धुँवा निस्किएको र पांग्रा पन्चर भएको डा. घिमिरेले जानकारी दिए । उनले भने, ‘रनवेको बीचमा आइपुग्दा धुँवा निस्किएको देखियो र फोर्सली ब्रेक लगाउँदा पांग्रा ब्रस्ट भयो ।’
दुर्घटनाका कारण रनवेको बीचमै रोकिएको सो जहाजलाई ठेलेर पार्किङस्थलसम्म पुर्‍याइएको थियो । जहाज ग्राउण्डेड भएको र प्राविधिक परीक्षणको काम भइरहेको घिमिरेले बताए ।


Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger