Latest Updates :

दुबई मा अचम्म भयो व्हेल माछाले बान्ता गर्दा तीनजना गरिब रातारात करोडपति !हेर्नुहोस भोडियो सहित।

SHARE THIS POST :


दुबई । एउटा व्हेल माछाले बान्ता गर्दा तीनजना गरिब रातारात करोडपति भएका छन् । ओमानका तीन मछुवारले व्हेल माछाले गरेको बान्ताु भेट्टाउँदा उनीहरुको भाग्य नै खुलेको हो। व्हेल माछाले बान्ता गरेर फालेको अवशेष भेट्टाएकै कारण अब उनीहरुले २५ लाख अमेरिकी हात पार्ने भएका हुन् । करिब ४० वर्षका खालिद अल सिनानीले अघिल्लो साता कुरायत प्रान्तमा समुद्रतटमा व्हेल माछाको उल्टीु तैरिएको अवस्थामा फेला पारेका थिए।


एम्बरग्रिस भनिने व्हेल माछाको उल्टीु लाई एकदमै बहुमुल्य बस्तुका रुपमा लिइन्छ। जसबाट एकदमै बहुमूल्य अत्तर बनाउन प्रयोग गरिन्छ । यो साधरणतया ट्रपिकल समुद्रमा तैरिएको अवस्थामा भेटिन्छ। यसको प्रयोग नै अत्तर बनाउन प्रयोग गर्नु हो। माझीकारुपमा करिब २० वर्षसम्म अभावले भरिएको जिन्दगी जिइरहेका खालिदले बालककालदेखि नै ुसमुद्री लोटरीु जित्ने देखेको सपना आखिरमा ३० अक्टोबरका दिन सत्यमा बद्लिएको छ।

जब उनले दुई साथीहरुसँगै समुद्र तैरिरहेको अवस्थामा एम्बरग्रिस भेट्टाए, त्य पुरै दुर्घन्धित अवस्थामा थियो । टाइम्स अफ ओमानले खालिदलाई हवाला दिँदै भनेको छ, हामीले व्हेलको बान्तालाई एक डोरीको मद्धतले एकैठाउँ जम्मा गर्यौं । र, डुंगामा लिएर गयौं। उनले टाइम्स अफ ओमानसँग अगाडि भनेका छन्, मलाई पहिले नै एम्बरग्रिसबाट धेरै तिखो गन्ध आउँछ भन्ने थाहा थियो । बान्ता गरेर फालेको दुई दिनपछि यसबाट सुगन्धित बासना आउन थाल्छ । हामीले यसलाई डुंगामा हालेर समुद्र तट बाहिर निकाल्यौं ।

आफूले भेटेको यो सामानलाई उनले एउटा बाकसमा जतनसाथ राखेका थिए । त्यसपछि उनले यसको सही पहिचानका लागि केही विशेषज्ञलाई बोलाए । खालिदले भने, जब यो व्हेलको एम्बरग्रिस नै भएको पत्ता लाग्यो, तब त्यसलाई सुकाएर बेच्नका लागि हामीले त्यसलाई काट्न थाल्यौं ।

खालिदका अनुसार यो एम्बरग्रिस करिब ८० किलोग्रामको थियो । यो एम्बरग्रिसको बजार मूल्य २५ लाख अमेरिकी डलर हुने बताइएको छ । खालिदले अगाडि भने, म अब यसलाई बिक्री गर्नेछु । त्यसपछि म मेरो पेशा बदल्छु र निर्माण क्ष्त्रको ब्यापारमा हात हाल्छु ताकि यो भन्दा धेरै राम्रो जीवन जिउन सकियोस्।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger