आज बिहान कलंकीको सीता पेट्रोल पम्प अगाडि एउटा भाडाको बसले एक पैदल यात्रुलाई किचेपछि यात्रुको घटनास्थल मै मृत्यु भएको छ। मान्छे किचेपछि बसका चालक र सहचालक भने फरार छन्।
महानगरीय ट्राफिक प्रहरीले जनाए अनुसार बिहान ०७:२० बजे पेट्रोल पम्प अगाडि सडकमा ग्यारेजबाट निकाल्दै गरेको ना३ख ६८३६ नं.को भाडा बसले लोडर काम गर्ने ५५ वर्षका मानबहादुर गोलेलाई किचेको हो। गोलेको घर सर्लाही भएको र हाल कीर्तिपुर बस्दै आएको बुझिएको छ।
गोलेको घटनास्थलमा नै मृत्यु भएपछि बस चालक र सह-चालक फरार छन्। बसलाई ट्राफिकले -याकरको मद्दतबाट कालिमाटी चौकीमा राखेको छ।(नागरिक)
Loading...
