Latest Updates :

के महिलाले सानो लिंगले संतुस्ट नहुने लामो लिंगले संतुस्ट हुने यस्तो हुन्छ ?यौन बिशेसज्ञ को सुझाब

SHARE THIS POST :
महिलालाई यौनसन्तुष्टी दिन ४ सेन्टिमिटरको लिङ्ग प्रयाप्त,

महिलालाई यौनसन्तुष्टी दिन ४ सेन्टिमिटरको लिङ्ग प्रयाप्त
लिङ्ग, योनी तथा स्तनको आकारको बिषयलाई लिएर, विशेषगरी यूवा युवतीहरुमा बढी खुल्दुली देखिन्छ । लिङ्ग,योनी,स्तन तथा शरीरको आकारमा वंशाणुगत गुणले ठूलो प्रभाव पारेको हुन्छ । यसले खानपिनसँग सम्बन्ध राख्दैन । कुपोषण कारण अग्लो हुनुपर्ने ब्यक्ति पुड्को हुनसक्छ । तर, प्रजनन अंगको आकारमा यसले कुनै अशर गर्दैन । यसमा वंशानुगत गुणको नै मुख्य भुमिका रहन्छ ।

हामीकहाँ, आफ्नो लिङ्ग सानो भएमा यौनसन्तुष्टी दिन सक्दिन की ? वा लिङ्ग ठूलो भएमा कुनै समस्या निम्त्याउँछ की भन्ने सोच पाईन्छ । यो एकदमै गलत सोचाई हो । यौनसन्तुष्टीका लागि जम्मा ४ सेन्टिमिटरको लिङ्ग भएपनि पुग्छ । यो भन्दा पनि सानो भएमा चाँही त्यस ब्यक्तिमा कुनै समस्या भएको हुनुपर्छ । ४ देखि १९ सेन्टिमिटरसम्मको लिङ्गले यौनसम्पर्कमा कुनै बाधा गर्दैन ।
महिलाहरुमा यौनसन्तुष्टि दिने भाग, योनकिो अघिल्लो पट्टीको भागमै हुन्छ जसलाई ४ सेन्टिमिटरको लिङ्गले सजिलै भेट्छ । त्यसैले, कसैको लिङ्ग सानो छ भने चिन्ता लिईरहनु पर्दैन । यस्तै महिलाले पनि यो भ्रम नपाले हुन्छ । प्राकृतिक हिसाबले नै सबै किसिमका लिङ्गलाई एडजस्ट हुने किसिमले योनीको विकास भएको हुन्छ । अहिलेसम्म संसारमा लिंगलाई आफुले चाहेको जत्रो साईजमा बढाउने वा ठूलो बनाउने कुनै खालको औषधी बनेको छैन । यसको विकास वंशानुगतरुप्मा हुन्छ त्यसैले कुनै विज्ञापनको पछि नलाग्न यौन विशेषज्ञहरुको सुझाव छ ।


हाम्रो समाजमा अझै यौनको बिषयमा खुलेर छलफल हुँदैन । यसबारे बुझ्न स्वास्थ्यसंस्था पुग्ने परिपाटीको पनि विकास भईसकेको छैन । अर्को कुरा, स्वास्थ्यसंस्थाका कर्मचारीहरु नै पनि यसबारे कुरा गर्न लाज मान्छन् । यसकै कारण किशोरकिशोरी तथा युवायुवतीहरुमा अनेक किसिमका भ्रमहरु पैदा भईरहेका छन् ।

WATCH VIDEOS

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger