Latest Updates :

‘को हुन् गोर्खाली ?’गोर्खाली भनेका भारतीय हुन भन्दै बिश्वभर गलत प्रचार प्रसार नेपाली स्वाभिमान मा गहिरो चोट भारतलाई चेतावनी दिन एक सच्चा नेपालीले शेयर गर्नै पर्ने।

SHARE THIS POST :
‘को हुन् गोर्खाली ?
बेलायती साम्राज्यले गोर्खालीहरुका नाममा ‘क्रूर लडाकू’को जुन ‘ट्याग’ झुन्ड्याइदिएका छन्, त्यसले नेपालीहरु विश्वव्यापी रुपमा दुर्नाम भएका छन् । यो दुर्नामीका बारेमा क्यास्ट्रोलाई पनि थोरबहुत जानकारी थियो भन्ने कुरा भारतका के. नटवर सिंहसँग क्यास्ट्रोले गरेको प्रश्नले थाहा हुन्छ ।

सिंहले खास कामको सिलसिलामा क्यास्ट्रोसँग भेटघाट गरेका थिए । उनीहरुबीचको कुराकानी सकिएपछि अनपेक्षित रुपमा क्यास्ट्रोले उनलाई सोधेका थिए– “गोर्खालीहरु भनेका को रहेछन् ? उनीहरुले फकल्यान्डको युद्धमा के गरे ?” सिंहले गोर्खालीहरुको सङ्क्षिप्त इतिहाससहित उनीहरुको बेलायतसँगको सम्बन्धका बारेमा बताएका थिए । क्यास्ट्रोले गोर्खालीहरुबारे किन अकस्मात सोधे भन्नेबारेमा सिंह स्पष्ट हुन खोज्दै सोधे, ‘तपाईंले के कारणले गोर्खालीहरुबारे जान्न चाहनुभएको हो ?” क्यास्ट्रोले एउटा पुस्तक पढिरहेका रहेछन् । त्यसमा पटकपटक गोर्खालीहरुको उल्लेख गरिएको रहेछ । ‘म अहिले एउटा पुस्तक पढिरहेको छु”, क्यास्ट्रोले भने, ‘त्यो पुस्तकमा बारम्बार गोर्खालीहरुको उल्लेख गरिएको छ ।’

अहिले पनि गोर्खालीहरुको ‘बदनाम बहादुरी’ बेलायतको सेवामा कार्यरत छ । तर, परिस्थितिले निकै कोल्टे फेरिसकेको छ– सगरमाथा, बुद्ध, गोर्खाली आदिको नामबाट चिनिँदै आएको नेपालले २१औं शताब्दीमा नयाँ हलचलयुक्त पहिचान बनाएको छ । यसबाट पनि त क्यास्ट्रो अपरिचित छैनन् होला । उनको नेपालबारेको पछिल्लो बुझाइ के कस्तो रहेको हुँदो हो ?
नेपालमा सधैंजस्तो भारतीय हस्तक्षेप हुँदै आएको छ
। भारतका लागि नेपाली राजदुतसमेत रहिसकेका प्रा.डा. लोकराज बरालले नेपालको आन्तरिक मामिलामा कुनै न कुनै रुपमा सधैँजस्तो भारतको हस्तक्षेप हुने गरेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले मधेस डिस्टर्व हुँदा भारतसमेत प्रभावित हुने भएकोले भारतको चासो हुनु स्वाभाविक भएको भन्दै मधेस झनै डिस्टर्व हुँदै गए त्यसले झनै बढी हस्तक्षेप निम्त्याउने आशंका ब्यक्त गरे ।
साक्षात्कारमा बरालले भारतसँगको सम्बन्धमा देखिएको चिसोपन हल्ला, भाषण र राष्ट्रियताको कुरा गरेर अन्त्य हुन नसक्ने प्रष्ट पार्दै नेपालले शान्त कुटनीतिकमार्फत यसलाई हल गर्नु पर्नेमा जोड दिए । उनले नेपालले आन्तरिक मामिला आफैँ हल गरे यस्तो कुनै समस्या नआउने विश्वास ब्यक्त गरे ।
उनले भने, ‘नेपालको आन्तरिक कारणले सम्बन्ध चिसिएको हो । भारतले मिलेर जानु पर्छ भनि चासोमात्रै देखाएको हो ।’
बरालले नेपाल र भारतवीच बहुआयामिक सम्बन्ध भएकोले सम्बन्धमा उतार चढाव भईरहने उल्लेख गरे । अहिलेको जस्तो अवस्था पहिला नभएको उनको भनाई थियो । उनले भने, ‘ईतिहासदेखिनै नेपाल–भारत सम्बन्धमा उतार चढाव आईरहेको छ, यो सामान्य कुरा हो । यहाँको आन्तरिक समस्याले यस्तो भईरहेको हो । यहाँको आन्तरिक समस्या समाधान भए सम्बन्ध सुध्रिन्छ ।’
भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउनु नेपालको अस्थिर राजनीतिको उपज भएको भन्दै उनले नेपालमा स्थायी अस्थिरता भएको तर्क गरे । आन्तरिक राजनीतिले परराष्ट्र सम्बन्धलाई असर पार्ने उनको भनाई थियो ।

बरालले नेपालमा चीनको चासो तिब्बतमा समस्या उत्पन्न नहोस् भन्ने र भारतको यहाँ चीन र अरुको गतिविधी नबढोस् भन्ने नै रहेको तर्क गर्दै नेपालमा चीनको प्रभाव बढ्दा भारतसहित अमेरिका र यूरोपेली यूनियनको गतिविधी बढ्ने भएकोले त्यो नेपालको लागि झनै हितकर नभएको तर्क गरे ।

Loading...

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MGID

Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nagarik News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger